आर्सनललाई धक्का, च्याम्पियन्सिप क्लबसँग हार्दै एफए कपबाट बाहिरियो « Khabarhub

आर्सनललाई धक्का, च्याम्पियन्सिप क्लबसँग हार्दै एफए कपबाट बाहिरियो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लण्डन- इङ्ग्लिस एफए कपअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनल च्याम्पियनसिप क्लब साउथह्याम्पटनसँग २–१ ले पराजित भएको छ। यो हारसँगै आर्सनलको घरेलु ट्रफी जित्ने अर्को प्रयास पनि असफल बनेको छ।

सेन्ट मेरीजमा भएको खेलमा सुरुआतदेखि नै आर्सनलले रक्षात्मक कमजोरी देखायो। पहिलो हाफको सुरुमै ग्याब्रियल म्यागाल्हेस रक्षकको गल्तीबाट साउथह्याम्प्टनले अवसर पाएको थियो, तर लियो स्यिन्जाले त्यसलाई सदुपयोग गर्न सकेनन्।

पहिलो हाफ सकिन १० मिनेट बाँकी रहँदा साउथह्याम्प्टनले अग्रता लियो। जेम्स ब्रिको क्रस बेन ह्वाइट माथिबाट पार हुँदै पछाडि पुगेको थियो, जहाँ रोज स्टेवार्टले ले हाफ–भलीमा गोल गर्दै घरेलु टोलीलाई अघि बढाए।

दोस्रो हाफमा पनि आर्सनलको डिफेन्स अस्थिर देखियो। क्रिस्टियन मोस्क्वेराको गल्तीपूर्ण पासपछि टोम फेल्लोजले प्रहार गरे पनि गोलकिपर केपा अर्रिजाबालागाले उत्कृष्ट बचाउ गरे। त्यसपछि स्किएन्जाले क्रसबारमा बल हाने।

खेलको अन्तिम २० मिनेटतिर आर्सनलले बराबरी गोल फर्कायो। कई हाभेर्ट्जले उत्कृष्ट चालमा बल अघि बढाउँदै भिक्टोर ग्योकेरेसलाई पास दिए, जसलाई उनले सजिलै गोलमा परिणत गरे।

तर बराबरी धेरैबेर टिकेन। केहीबेरमै टोम फेल्लोसले उत्कृष्ट मूभ बनाउँदै बल ह्या चार्ल्ससम्म पुर्‍याए, जसले कर्लिङ शटमार्फत निर्णायक गोल गर्दै साउथह्याम्प्टनलाई २–१ को जित दिलाए।

अन्तिम समयमा आर्सनलले बराबरीका लागि सबै खेलाडी अघि बढाए पनि सफल हुन सकेन। इन्जुरी समयको ६ मिनेटपछि खेल सकिँदा साउथह्याम्प्टनले सेमिफाइनलमा स्थान बनाउँदै वेम्ब्ली यात्राको टिकट काट्न सफल भयो।

यस हारमा बेन ह्वाइट र ग्याब्रियल जेसुसको प्रदर्शन कमजोर रह्यो, जसले टोलीको समग्र खेलमा असर पारेको देखिएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ५१ बजे

मापदण्डबाहिर विदेशी सम्बन्धनका दर्जनौँ कलेज, बालेन सरकारले नियमनको कार्यसूचीमै राखेन

काठमाडौं- नेपाल सरकारको मापदण्डबाहिर रहेर विदेशी विश्वविद्यालयसँग सम्बन्धन लिएका दर्जनौँ

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौं– सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता

युवाले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउँछु : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेन-जी युवाले

सभामुख अर्यालले संसदीय अभ्यासलाई थप सुदृढ बनाउन भूमिका खेल्नुहुन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा