इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो « Khabarhub

इरानको दाबी : अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न अमेरिकी विमान खसालियो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इरानले अमेरिकी रेस्क्यू अपरेसनमा संलग्न एक विमान खसालेको दाबी गरेको छ।

इरानको अर्धसरकारी समाचार एजेन्सी फार्स न्युज एजेन्सीका अनुसार इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले उक्त विमान इस्फहानको दक्षिणी क्षेत्रमा खसालेको जनाएको हो।

रिपोर्टअनुसार उक्त विमान हराइरहेका अमेरिकी अधिकारीको खोजीमा परिचालित थियो।

फार्सले आफ्नो टेलिग्राम च्यानलमार्फत् सार्वजनिक गरेको तस्वीरमा खेत क्षेत्रबाट बाक्लो धुवाँ उठिरहेको देखिएको दाबी गरिएको छ।

यसका साथै, उक्त घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘ठूलो हार लुकाउने प्रयास’ भनेर व्याख्या गरिएको छ।

यो दाबी त्यतिबेला आएको हो जब ट्रम्पले हराइरहेका अमेरिकी अधिकारीलाई सुरक्षित उद्धार गरिएको घोषणा गरे। यद्यपि, इरानको उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : २५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु