स्नातकोत्तर सम्मेलन सुरु « Khabarhub

स्नातकोत्तर सम्मेलन सुरु


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– अनुसन्धान र नवप्रवर्तनसम्बन्धी विषयमा केन्द्रित १२औँ स्नातकोत्तर सम्मेलन आज देखि जनकपुरधाममा सुरु भएको छ । 

राजर्षि जनक विश्वविद्यालय, अनुसन्धान केन्द्र जनकपुरधामको आयोजनामा भएको सो सम्मेलनको उद्घाटन गर्दै मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.अन्कुर साहले मुलुकको समग्र विकासका लागि अनुसन्धानलाई प्राथमिकता राख्नुपर्ने बताए । 

‘स्वास्थ्य, प्रविधि तथा शिक्षाका क्षेत्रमा नवीन सोच र प्रयोग आवश्यक छ’, उनले भने, ‘अनुसन्धानलाई व्यवहारमा रूपान्तरण गर्न विश्वविद्यालय र सरोकारवाला निकायबीच उच्चस्तर समन्वय र सहकार्य हुनुपर्दछ ।’

उपकुलपति डा.साहले नेपालमा अनुसन्धान र नवप्रवर्तनका उदीयमान क्षेत्रहरूबारे प्रकाश पारे ।  

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा अमरप्रसाद यादवले उच्च शिक्षामा अनुसन्धानमुखी वातावरण सिर्जना गर्न विश्वविद्यालयले विभिन्न पहलहरू गरिरहेको जानकारी दिँदै विद्यार्थीलाई अनुसन्धानमा आकर्षित गर्न नीतिगत सुधार र पूर्वाधार विकासमा जोड दिइएको उल्लेख गरे ।

राजर्षि जनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहले अनुसन्धानको गुणस्तर अभिवृद्धि गर्न आवश्यक स्रोत–साधनको व्यवस्थापन र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालय प्रतिबद्ध रहेको उल्लेख गर्दै अनुसन्धानले समाजका वास्तविक समस्याको समाधान दिनुपर्नेमा जोड दिए ।

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा विनोद यादवले स्वास्थ्य क्षेत्रमा अनुसन्धानको महत्वबारे चर्चा गर्दै अनुसन्धानबाट प्राप्त नतिजालाई नीति निर्माणमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याए ।

शिक्षा, स्वास्थ्य तथा अनुसन्धान क्षेत्रका विज्ञहरूको उल्लेखनीय सहभागिता रहेको सो सम्मेलनमा अनुसन्धानको प्रवर्द्धन, नवप्रवर्तनको विकास तथा शैक्षिक गुणस्तर अभिवृद्धिका विषय गहन छलफल हुने बताइएको छ । 

कार्यक्रममा विभिन्न विषयमा स्नातकोत्तर तहका विद्यार्थीले स्वास्थ्य, विज्ञान, प्रविधि, समाजशास्त्रलगायत क्षेत्रमा आफ्ना अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत गरिने छ ।

सम्मेलनले अनुसन्धान र नवप्रवर्तनलाई थप सशक्त बनाउँदै शैक्षिक तथा वैज्ञानिक विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : २१ बजे

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

जेनजी आन्दोलनको एक वर्ष : सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

काठमाडौँ – हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको हुटहुटी

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २३ गते मंगलबार सन् २०२६