माल्दिभ्सका मतदाताद्वारा एकैपटक चुनाव गर्ने प्रस्ताव खारेज « Khabarhub

माल्दिभ्सका मतदाताद्वारा एकैपटक चुनाव गर्ने प्रस्ताव खारेज


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

माले- खर्च कटौतीको उद्देश्यले राष्ट्रपति र संसदीय चुनाव एकै दिन गराउने सरकारी प्रस्तावलाई माल्दिभ्सका मतदाताले जनमतमार्फत अस्वीकार गरेका छन् । शनिबार सम्पन्न जनमत सङ्ग्रहको आधिकारिक नतिजाअनुसार ६८.७७ प्रतिशत मतदाताले प्रस्तावको विपक्षमा मतदान गरेका छन् ।

यसले सरकारको योजना स्पष्ट रूपमा खारेज भएको देखाएको छ । निर्वाचन आयोगका अनुसार करिब दुई लाख ९४ हजार मतदाता रहेको देशमा झन्डै दुई तिहाइले मतदानमा सहभागिता जनाएका थिए । सोही दिन सम्पन्न स्थानीय परिषद् चुनावले पनि सत्तारूढ पक्षका लागि निराशाजनक सन्देश दिएको छ ।

राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कङ्ग्रेसले अपेक्षित सफलता हासिल गर्न सकेन भने प्रमुख विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीले राजधानी माले र दोस्रो ठूलो क्षेत्र अड्डुको प्रमुख परिषदमा विजय हासिल गरेको छ । राष्ट्रपति मुइज्जुले सामाजिक सञ्जाल एक्समार्फत चुनाव परिणामलाई सम्मानपूर्वक स्वीकार गर्दै विजेताहरूलाई बधाई दिए ।

उनले देश आर्थिक चुनौतीबाट गुज्रिरहेका बेला खर्च घटाउने उपायका रूपमा दुवै राष्ट्रिय चुनाव एकैपटक गराउने प्रस्ताव अघि सारेका थिए । यसबाट करिब ८० लाख अमेरिकी डलर बचत हुने दाबी गरिएको थियो । प्रस्तावअनुसार वर्तमान संसद्को कार्यकाल करिब पाँच महिना घटाएर सन् २०२८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनावसँग मिलाउने योजना थियो ।

तर मतदाताले यसलाई समर्थन नगरेपछि उक्त योजना कार्यान्वयन नहुने भएको छ । यसअघि सरकारले सन् २०२४ मा अन्तर्राष्ट्रिय मुद्राकोषको बेलआउट अस्वीकार गर्दै आन्तरिक खर्च कटौतीको नीति अघि सारेको थियो ।

त्यस क्रममा राष्ट्रपतिको तलब आधा गर्ने निर्णयसमेत गरिएको थियो । करिब तीन लाख ८२ हजार जनसङ्ख्या रहेको माल्दिभ्सले आफ्नो आर्थिक समस्या अस्थायी भएको र बाह्य सहायता नलिने अडान दोहोर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ४० बजे

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र