ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति « Khabarhub

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको हिरासत बसाइ लम्बिएको छ । काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न अनुमति दिएसँगै उनीहरुको हिरासत बसाइ लम्बिएको हो ।

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।

उक्त बन्दीप्रत्यक्षीकरणको निवेदनमा पहिलो पटक चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

जेन–जी आन्दोलन घटनाको जाँचबुझ गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णयलगत्तै चैत १४ गते प्रहरीले ओली र लेखकलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ७ : ४६ बजे

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय