केही कानुन उद्योगी-व्यवसायीमैत्री छैनन्, संशोधन गर्नुपर्छ : चन्द्र ढकाल  « Khabarhub

केही कानुन उद्योगी-व्यवसायीमैत्री छैनन्, संशोधन गर्नुपर्छ : चन्द्र ढकाल 


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान समयमा केही कानुनहरू उद्योगी–व्यवसायीमैत्री नरहेकाले ती कानुन सुधार तथा संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौँ प्रदेश सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले औद्योगिक वातावरण सुधार गर्न व्यावहारिक र समयसापेक्ष कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

व्यवसायीहरूलाई सहज रुपमा लगानी र सञ्चालन गर्ने वातावरण नहुँदा आर्थिक गतिविधि प्रभावित हुने उनले बताए । 

अध्यक्ष ढकालले सरकारले औद्योगिक क्षेत्रको विकासका लागि केही अव्यवहारिक ऐनहरू विशेषगरी कालोबजारीसम्बन्धी ऐन खारेज गर्ने तयारी गरेकोमा प्रशंसा व्यक्त गरे । 

उनले उद्योग–व्यवसाय क्षेत्रलाई अख्तियारको दायरामा राख्ने विषयमा निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै सो विषयमा आंशिक रुपमा संशोधन गराउन सफल भए पनि अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेकाले निरन्तर पहल आवश्यक रहेको बताए । 

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै उद्योगमैत्री नीति तथा कानुनी सुधार अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले औद्योगिक वातावरण निर्माण र अर्थतन्त्र चलायमान बनाउन राजनैतिक स्थिरता आवश्यक रहेको बेला दुई तिहाइको सरकार बनेकाले आफूहरू आशावादी भएको बताए । 

उनले निजी क्षेत्रको सहयोगबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव भएको जिकिर गरे । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौँ प्रदेश सभाले नयाँ नेतृत्व चयन गर्ने बताइएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ४ : ३२ बजे

यू-१९ एसिया कप : नेपालले यूएईलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ – एसीसी यू–१९ एसिया कपमा नेपालले संयुक्त अरब इमिरेट्स

कुकुर तिहारमा मात्रै होइन, वर्षभरि पशुप्रति करुणा देखाउन मन्त्री चौधरीको आग्रह

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कुकुर तिहारलाई वर्षको

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

तेहरान- स्ट्रेट अफ होर्मुजमा नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल

पर्वहरूले राष्ट्रिय एकता बलियो बनाउनुपर्छ : रवि लामिछाने

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

पोल्यान्डमा अन्धाधुन्ध गोली प्रहार : ६ जनाको मृत्यु

क्राको– पोल्याण्डको क्राको सहरस्थित व्यस्त मुख्य चोकमा शनिबार एक व्यक्तिले