अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु « Khabarhub

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको छ ।

धुलिखेल चोकबाट एकतर्फी कालोपत्रे सुरु गरिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । स्तरोन्नति भइरहेको उक्त चार किलोमिटर सडकमध्ये पहिलो चरणमा २ दशमलव ५ किमी कालोपत्रे हुने भएको हो । 

कालोपत्रे गर्नका लागि रातिको समयमा सडक आवागमन रोकेर निर्माण भइरहेको सो कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । 

उनका अनुसार यही चैत ७ .देखि २० गतेसम्म र चैत २१ देखि ३० गतेसम्म रातिको समयमा आवागमन रोकेर काम भइरहेको छ । सो अवधिमा टिपरलगायत मालवाहक सवारीलाई भने पूर्णतः निषेध गरिएको छ । 

उक्त खडकखण्डको बाँकी एक दशमलब पाँच किलोमिटर दोस्रो चरणमा कालोपत्रे गरिने छ । ग्राभेलमाथि २० सेन्टीमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र अस्फाल कालोपत्रे गर्ने काम हुने जनाइएको छ । 

लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको विस्तार कार्यका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता कार्य गरिएपछि पुनः स्तरोन्नति कार्यलाई तीव्रता दिइएको हो । 

कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सी–एन ए–वान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । 

उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी सानातिना काम गरिने प्रमुख योगेशको भनाइ छ । सात मिटर चौडाइको बन्ने उक्त सडकखण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने जनाइएको छ । 

सो सडकखण्डमा तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी–पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । 

सम्झौताको समयसीमा सकिएको ११ महिनापछि २५ प्रतिशतसमेत निर्माणको काम हुन नसकेको अवस्थामा कार्यालयले २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएका उक्त निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । 

सो निर्माण कम्पनीले विसं २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्ने गरी ठेक्का लिएको थियो । 

उक्त सडकखण्ड अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमा रहेको छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ३१ बजे

रविले बोलाएको संसदीय दलको बैठकमा कुन-कुन मन्त्री भए सहभागी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार बोलाएको

मौरिसस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी मौरिसस पठाइदिन्छु भन्दै रकम ठगी

मुआब्जा दिन रेलमार्गका जग्गाधनीको माग

झापा– प्रस्तावित पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा

जनार्दनसहितको अग्रगामी मोर्चाले सीकेलाई तोक्यो प्रवक्ता 

काठमाडौं– अग्रगामी मोर्चाले जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई

पोखरा पुगे भारतीय सेना प्रमुख धीरज सेठ (तस्बिरहरू)

काठमाडौं– नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ पर्यटकीय