पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै « Khabarhub

पर्वतमा गहुँबालीको प्रजनन बीउ उत्पादन गरिँदै


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतमा यस वर्ष देखि गहुँबालीको प्रजजन बीउका लागि गहुँखेती विस्तार गरिएको छ । 

जिल्लाको फलेवास नगरपालिका–६ देविस्थान चौबीस कुरियामा प्रजनन गहुँको मूल बीउको खेती गरी अनुसन्धान थालिएको छ । बीउ उत्पादनका लागि करिब पाँच हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको कृषि विकास कार्यालयले जनाएको छ ।  

राष्ट्रिय गहुँ अनुसन्धान परिषद् र कृषि विकास कार्यलयको सहयोगमा स्थानीय जातसँगै थप आठ प्रजातिका गहुँ अनुसन्धान गरिएको हो । 

आत्मनिर्भरताका लागि बीउ उत्पादन कार्यक्रमअन्तर्गत बीउ  उत्पादनमा  लागिएको कार्यालयले जनाएको  छ । 

कार्यालयका सूचना अधिकृत सोविता सुवेदीले गौतम, भेरीगङ्गा हिमगङ्गा, जिङ्कलगायतका जातमा अनुसन्धान भइरहेको जानकारी दिइन् । 

स्थानीय शक्ति कृषि तथा पशुपक्षी फर्ममार्फत २० जना किसानले एकै क्षेत्रमा प्रजनन गहुँको बीउ खेती गरिरहेका हुन् । अन्य प्रजातिभन्दा गौतम र भेरीगङ्गा, हिमगङ्गा जातको गहुँको बीउ राम्रो उत्पादन भएको हो । 

अन्य खेतीभन्दा सजिलो खेती र सिँचाइको पहुँच पुगेको कारण यस क्षेत्रका किसानहरू हिउँदे बालीअन्तर्गत गहुँ खेतीमा लागेका हुन् । 

गत वर्ष पनि राम्रो गहुँ उत्पादन भएपछि पहाडी क्षेत्रको जात पहिचानका लागि राष्ट्रिय गहुँबाली अनुसन्धान परिषद् भैरहवाले विभिन्न आठ जातमा गरेको अनुसन्धान सफल भएपछि अहीले हावा पानी अनुकूल भएको जातको प्रजनन बीउ खेती गरिएको स्थानीय किसान रमेश चापागाईंले बताए । 

कृषक चापागाईंले कृषि प्राविधिक नै आफ्नै खेतबारीमा आएर गहुँको अनुसन्धान गर्दा कृषकहरूलाई आगामी दिनमा गहुँखेती गर्न सहज हुने बताए । 

कुन भूगोलमा कुन खेती गर्दा प्रशस्त उत्पादन र आम्दानी गर्न सकिन्छ भन्ने चेतना वृद्धि भएको उनको भनाइ छ । 

बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तनले हिउँदे वर्षा नहुने, सिँचाइको अभाव जस्ता कारणले कृषकको गहुँ खेतीतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि गहुँ खेतीतर्फ आकर्षण बढ्ने उनको भनाइ छ । 

गत वर्ष गहुँका  विभिन्न आठ प्रजनन बीउको अनुसन्धान गरिएकामा अहिलेसम्म चार जात सिफारिसका लागि छनोट भएको उनले बताए । 

अनुसन्धानपछि एन एल ११७९, एनएल १४८८, एनएल १४८६, एनएल १४५० नामक गहुँको जातको गहुँ खेतीका लागि सिफारिसको तयारी गरेको बताए । यी प्रजाति समुद्र सतहदेखि ८०० मिटरको उचाइमा राम्रोसँग उत्पादन हुने जनाइएको छ । 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ४० बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा