ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा « Khabarhub

ओली-लेखकको बन्दी प्रत्यक्षीकरण रिट हेर्दाहेर्दैमा


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण निवेदनमा आइतबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा आइतबार दिनभर बहस भए पनि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

यसअघि चैत १६ गते भएको सुनुवाइमा सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको भएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा भएका घटनामा अनुसन्धानका लागि चैत १४ गते पक्राउ परेका ओली र लेखकका तर्फबाट चैत १५ गते बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो ।

ओलीका पक्षबाट श्रीमती राधिका शाक्य र लेखकातर्फबाट श्रीमती यशोदा लेखकले रिट हालेका थिए । उनीहरूविरुद्ध जिल्ला अदालतमा म्याद लिएर अनुसन्धान अघि बढिरहेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : ५२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको