कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग « Khabarhub

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको तर्फबाट रामबहादुर राना मगरले प्राकृतिक विपत्तिबाट पूर्वी नेपालको इलाममा धेरै क्षति भएको बताए । 

प्रदेशसभा सदस्य मगरले गत वर्ष बाढी पहिरोबाट इलाममा अत्यधिक क्षति भएको जानकारी दिँदै यस वर्ष मनसुनमा उक्त जिल्लामा थप क्षति हुन नदिन भौतिक संरचनाको निर्माणका लागि बजेट विनियोजन गर्न माग गरे । 

उनले इलाममा पुल र सडकतर्फ मात्र करिब तीन अर्ब २७ करोड रुपैयाँ र खानेपानीतर्फ करिब ५० करोड रुपैयाँको क्षति भएको बताए । 

प्रदेशसभा सदस्य जयप्रकाश चौधरीले कोशी प्रदेशमा आदिवासी र जनजातिको बाहुल्यता रहेकाले ग्रामथान संरक्षण हुनुपर्ने माग गरे। 

उनले ग्रामथान आदिवासीको पहिचान र संस्कृति भएकाले यसलाई ऐन नै बनाएर  संरक्षण गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेशसभा संसदीय दलको तर्फबाट गोपालबहादुर विश्वकर्माले नेपालमा दलित र जनजाति लामो समयदेखि विभेद तथा उत्पीडनमा परेकाले उनीहरुको सम्मान र उत्थानमा सरकार गम्भीर हुनुपर्ने कुरामा जोड दिए ।

जनता समाजवादी पार्टी कोशी प्रदेशसभा संसदीय दलको तर्फबाट निर्मला लिम्बूले कोशी प्रदेशसभा बैठक कहिले पनि निर्धारित समयमा सञ्चालन हुन नसकेको गुनासो गरे ।

बैठकमा सभाको शून्य समय र विशेष समयमा कोशी प्रदेशसभा सदस्यहरूले उठाएका जिज्ञासा र प्रश्नको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयसँग सम्बन्धित विषयमा सो मन्त्रालयका मन्त्री प्रदीपकुमार सुनुवार र सामाजिक विकास मन्त्रालसँग सम्बन्धित विषयमा सो मन्त्रालयका मन्त्री रामप्रसाद मेहताले जवाफ दिएका थिए ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य निमसरी राजवंशी, विद्या चाम्लिङ राई, मैया श्रेष्ठ, लखीकुमारी गणेशी, राधाकृष्ण खनाल, तारादेवी ढकाल, नम्बरलाल धिमाल, गीतादेवी रेग्मी, कमला थापा मगर, निरन राई, ललिताकुमारी चौधरी र नीरादेवी खनालले विविध विषयमा आ–आफ्ना धारणा राखेका थिए। सभाको अर्को बैठक सोमबार अपराह्न १ बजे बस्नेछ ।
 

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ६ : ४८ बजे

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका