आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित « Khabarhub

आईपीएल : हैदराबादमाथि लखनउको रोमाञ्चक जित


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत भएको रोमाञ्चक खेलमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई अन्तिम ओभरको अन्तिम बलअघि हराउँदै सिजनको पहिलो जित हात पारेको छ। हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेल निकै उतारचढावपूर्ण रह्यो ।

टस जितेर पहिले बलिङ रोजेको लखनउका लागि मोहम्मद शामीले शानदार सुरुवात दिलाए । उनले अभिषेक शर्मा र ट्राभिस हेडलाई सुरुवातमै आउट गर्दै हैदराबादलाई दबाबमा पारे। त्यसपछि प्रिन्स यादवले कप्तान ईशान किशनलाई बोल्ड गरेपछि हैदराबाद ४ ओभरमै ११ रनमा ३ विकेट गुमाएर संकटमा परेको थियो।

लियाम लिभिङ्स्टोन पनि १४ रनमा आउट भएपछि टोली १० ओभरमा ३५ रनमा ४ विकेटको नाजुक अवस्थामा पुगेको थियो। तर त्यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले उत्कृष्ट पुनरागमन गराए। दुवैले पाँचौं विकेटका लागि ११६ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। क्लासेनले ४१ बलमा ६२ रन बनाए भने रेड्डीले ३३ बलमा ५६ रन जोडे।

तर अन्तिम तीन ओभरमा लखनउका बलरहरूले खेल पल्टाए। हैदराबादले लगातार विकेट गुमाउँदै २२ रनमै ५ विकेट गुमायो र २० ओभरमा १५६ रनमा ९ विकेट गुमाएर इनिङ्स समाप्त गर्‍यो। लखनउका लागि शामी, आवेश खान र प्रिन्स यादवले २–२ विकेट लिए।

१५७ रनको लक्ष्य पछ्याएको लखनउले सन्तुलित सुरुवात गर्‍यो। मिचेल मार्श १४ रनमा आउट भए पनि एडेन मार्करमले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ४५ रन बनाए।

त्यसपछि कप्तान ऋषभ पन्तले इनिङ्स सम्हाले। बीचमा केही विकेट गुम्दा खेल फेरि रोमाञ्चक बनेको थियो। तर पन्तले संयमित र जिम्मेवार ब्याटिङ गर्दै टोलीलाई जिततर्फ डोर्‍याए। उनले ५० बलमा अविजित ६८ रन बनाए।

अन्तिम ओभरमा ९ रन आवश्यक हुँदा पन्तले जयदेव उनाडकटविरुद्ध लगातार चौका प्रहार गर्दै लखनउलाई एक बल बाँकी रहँदै शानदार जित दिलाए।

यस जितसँगै लखनउले सिजनमा पहिलो सफलता हासिल गरेको छ भने हैदराबादले घरेलु मैदानमै निराशाजनक हार बेहोरेको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : १५ बजे

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

जेनेभा– फिफा विश्वकपलगायतका प्रमुख प्रतियोगितामा निजी इक्विटी लगानी भित्र्याउने अध्यक्ष