स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी « Khabarhub

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । विश्वकै अत्यन्त संवेदनशील सामुद्रिक मार्ग होर्मुज जलडमरु तुरुन्त खोल्न माग गर्दै उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आगामी सोमबारसम्मको स्पष्ट समयसीमा तोक्दै उक्त अवधिभित्र मार्ग नखोले ‘गम्भीर परिणाम’ भोग्नुपर्ने चेतावनी दिएका छन्। उनको अभिव्यक्ति कूटनीतिक भन्दा बढी आक्रामक देखिएको छ, जहाँ उनले इरानी नेतृत्वलाई कठोर शब्दमा आलोचना गरेका छन्। ट्रम्पले इरानलाई नर्कको बास गराइदिने भन्दै चेतावनी दिएका छन् ।

अवस्था सुधार नभए इरानका महत्वपूर्ण पूर्वाधार (जस्तै विद्युत् केन्द्र र पुलहरू) निशानामा पर्न सक्ने संकेत दिएका छन् । गत फेब्रुअरी अन्त्यदेखि अमेरिका–इजरायल र इरानबीच बढ्दो तनावका कारण होर्मुज जलडमरु लगभग अवरुद्ध अवस्थामा पुगेको छ।

यसअघि पनि ट्रम्पले पटक–पटक समयसीमा तोकेका थिए। मार्च २१ मा दिएको ४८ घण्टे अल्टिमेटमपछि केही समय कूटनीतिक संवादको संकेत देखिएको थियो, तर अहिले उनले अप्रिल ६ लाई अन्तिम मिति घोषणा गरेका छन्।

विश्व व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण मानिने यो मार्गबाट करिब २० प्रतिशत तेल र ठूलो मात्रामा मल ढुवानी हुने गर्छ। अहिलेको अवरोधका कारण विश्व बजारमा इन्धनको मूल्य बढेको छ भने खाद्यान्न र औषधिको आपूर्ति प्रणालीमा समेत असर परेको छ।

सामान्य अवस्थामा महिनामा करिब ३ हजार जहाज आवतजावत गर्ने यो मार्ग अहिले असुरक्षाका कारण लगभग सुनसान बनेको छ। यसले विश्व अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने चिन्ता बढाएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ९ : ३० बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु