को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा « Khabarhub

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

रवि-बालेन-डीपीले टुंग्याउने



काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको उपसभामुख कसलाई दिने भन्न टुङ्ग्याउन सकेको छैन।

सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्याल नियुक्त भइसकेका छन् । पार्टीका सिनियर नेताहरू उपसभामुख कसलाई दिने भन्ने प्रश्नमा तीनै प्रतिपक्षहरूले उपसभामुख मागिरहेको बताउँछन्।

शीर्ष नेताहरू तीनवटै दलहरूले उपसभामुख मागिरहेकाले कसलाई दिने भन्ने विषयमा शीर्ष नेतृत्व बसेर टुङ्ग्याउन नभ्याएको बताउँछन्।

‘आज बल्ल सभामुख चयन हुनुभएको छ, उपसभामुखको विषयले प्रवेश गर्न पाएको छैन। उपसभामुख कसलाई दिने भन्ने प्रतिपक्षी दलसँग छलफल भइरहेको छ’, पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटी भन्छन, ‘आज सभामुख चयन भइसकेकाले अब यो विषयमा छलफल हुन्छ। सभामुखले उपसभामुखको निर्वाचन गराउने भएकाले उहाँ पनि तयारी हुनुपर्यो।’

पार्टीको अर्का शीर्ष नेताका अनुसार उपसभामुख पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, हर्क साम्पाङको श्रम संस्कृति पार्टी र राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मागिरहेका छन्। यी दलका नेताहरूसँग पार्टीका दोस्रो तहका नेताले सामान्य छलफल गरिरहेका छन्।

‘तीनवटै दलले उपसभामुखमा दाबी गर्नुभएको छ । कांग्रेस एमालेले यसबारे दाबी पनि गर्नुभएको छैन र छलफल पनि भएको छैन’, ती नेताले भने, ‘हामीले टुङ्ग्याउने अधिकार सभापतिज्यू र प्रधानमन्त्रीज्यूलाई दिएका छौं। प्रधानमन्त्रीज्यू र सभापति बसेर कसलाई पठाउने भन्ने विषयमा गम्भीर छलफल गर्न पाउनुभएको छैन।’

बालेन्द्र र रविले टुङ्ग्याउने

उपसभामुख चयनको विषयमा मुख्यत: तीन जनाले टुङ्ग्याउने अवस्था रहेको नेताहरू बताउँछन्। एकपटक प्रधानमन्त्री बालेन्द्र शाह पार्टी सभापति रवि लामिछाने र सभामुख डीपी अर्याल बसेर दिनदै दलहरूले आकांक्षा गरेका विषयमा छलफल गर्ने र उपसभामुख कसलाई दिने भन्ने विषय टुङ्गो लगाउने नेताहरूको भनाइ छ ।

‘श्रम संस्कृतिलाई दिएर वैकल्पिक धार मिलौँ भन्ने एउटा विचार छ। राष्ट्रिय सभामा पनि सहज बनाउन नेकपालाई दिऊ भन्ने पनि छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिँदा ठिकै हुन्छ भन्ने पनि छन्’, प्रधानमन्त्री वालेन्द्र शाहनिकट एक नेताले भने,’हर्कजीले घुर्क्याउनु भएको छ। उहाँलाई दिऊँ भन्ने पार्टी सभापति र प्रधानमन्त्रीको पनि कुरा छ। उता राप्रपा र नेकपाले पनि मागिरहेकाले राजनीतिक सहमति जुटाउँदा सहजता हेरेर दिनेबारे छलफल भइरहेको छ। श्रम संस्कृतिलाई दिन रवि नरम भए पनि बालेनले हर्कको परिपक्वत खोज्नुभएको छ। राप्रपाबाट ज्ञानेन्द्र शाहीले आफूहरूलाई दिनुपर्ने ढिपी गर्नुभयो । राप्रपालाई भन्दा नेकपालाई दिऊँ भन्ने पंक्ति पनि उत्तिकै छ।’

अहिलेसम्म उपसभामुखलाई लिएर लामिछाने र वरिष्ठ नेता शाह बस्न पाएका छैनन् । सभामुख डीपी तथा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच पनि छलफल हुन पाएको छैन । तीन नेताहरू बसेर निर्णय अघि बढाउने तयारी छ ।

प्रचण्ड पनि सक्रिय

अहिले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि उपसभामुखलाई लिएर रविसँग संवादमा छन्। दाहाल र लामिछानेबीच छलफलै नभए पनि दोस्रो तहका नेताहरूलाई सक्रिय बनाएका छन्। उपसभामुखको विषयमा महामन्त्री कविन्द्र बुर्लाकोटी र नेकपा नेता वर्षमान पुनबीच छलफल भएको स्रोतको दाबी छ। वर्षमानसहितका नेताले उपसभामुख दिए राष्ट्रिय मुद्दाहरूमा आफूहरूले साथ दिने वचन दिएका छन्।

प्रचण्डले पार्टीको तर्फबाट पूर्वसांसद देवेन्द्र दाहालकी श्रीमती बलवती शर्मालाई उपसभामुखमा अगाडि सार्न खोजेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले खुश्वु ओलीलाई अगाडि सार्दा श्रम संस्कृति पार्टीमा दुई महिलाको नाम छ। श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुर, दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) लाई अगाडि बढाउने सम्भावना देखिन्छ। साम्पाङनिकट नेता राधिका रमतेललाई अगाडि बढाउनुपर्ने पक्षमा छन्।

भएन निर्णायक छलफल

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही निर्णायक छलफल हुन नपाएको बताउँछन्। उनी प्रतिपक्षी दल भएको हैसियतले राप्रपाले पनि उपसभामुखमा दाबी गर्नु स्वभाविक रहेको बताउँछन् । उनी निर्णयात्मक छलफल हुन नपाएको बताउँछन् ।

‘केही साथीले तपाईंहरूको धारणा के हो भन्नुभएको थियो । हामीले हामी प्रतिपक्षी भएको हिसाबले हक छ भनेका छौं’, उनले खबरहबलाई भने, ‘निर्णायक तहमा पुगेर छलफल हुन पाएको छैन।’

यता श्रम संस्कृति पार्टीका सांसद धुर्व राई पनि आफ्नो पार्टीलाई उपसभामुख दिने सन्दर्भमा निर्णय भइनसकेको बताउँछन्। उनी शीर्ष नेताहरू बसेर छलफल गर्न नपाएको जानकारी गराउँछन्। उनले भने, ‘हाम्रो पार्टीले दाबी गर्नु स्वाभाविक कुरा हो’ तर शीर्ष नेता बसेर टुंग्याउनु हुन्छ। उहाँहरु हाम्रो पार्टीप्रति सकारात्मक हुनुहुन्छ।’

यता नेकपा नेता वर्षमान पुनले स्वाभाविक रुपमै उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् । प्रचण्डले पनि दोस्रो तहका नेताहरूलाई उपसभामुख माग्ने सन्दर्भमा छलफल अगाडि बढाउन निर्देशन दिएको स्रोत बताउँछ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ११ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु