सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल « Khabarhub

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता भएको बताएका छन् ।

सभामुख पदको कार्यभार सम्हालेपछि सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख अर्यालले विशेष अवस्थामा भएको प्रतिनिधिसभाको निर्वाचनबाट जनताले एउटा दललाई सरकारका सञ्चालनको नेतृत्व दिएको, केही दललाई प्रतिपक्षमा राखेको भए पनि नेपाली जनता नै बलियो प्रतिपक्ष रहेको सन्देश परिणामले दिएको बताएका हुन् ।

उनले सदनलाई प्रतिपक्षको थलोका रुपमा सुसञ्चालनका लागि आफूले अगुवाइ गर्ने प्रण गर्दै संसदीय गरिमा र महत्वलाई कमी हुन नदिने स्पष्ट गरे ।

सभामुख अर्यालले सुशासन र सहज तथा सेवा प्रवाहलगायत मुलुकका लागि आवश्यक कानुन निर्माणमा तीव्रता दिन संसद्का तर्फबाट ढिलाइ नहुने विश्वास पनि दिलाए ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनाम राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ स्थानमा विजय हासिल गरी सरकारको नेतृत्व गरिरहेको छ भने सत्ता पक्षकै प्रस्तावमा सभामुखमा अर्याल आज प्रतिनिधिसभाको बैठकबाट निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ३६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु