आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल वैशाख २२ गते मंगलबारको राशिफल


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


510
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२६ मे ५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : निजी धनको सदुपयोग गर्ने दिन हो। लगानीको क्षेत्र छनोट आफैले गर्नु राम्रो हुन्छ। शिक्षामा गरेको लगानी बढ्नेछ। विदेश यात्रा हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : आज तपाईंले अरुलाई काम लगाएर फाइदा लिनुपर्ने दिन छ। सोचेर बोल्नु राम्रो हुनेछ। :वा:थ्य क्षेत्रमा गरेको लगानीबाट सफलता प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मिथुन : काम गर्नु अगाडि पूर्व तयारी आवश्यक देखिन्छ। परिवारसँग सल्लाह गरेको कामबाट मात्र फाइदा हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट मन खुशी हुनेछ। दोहोरो कुरा गर्नेसँग सचेत हुनु राम्रो हुन्छ।

कर्कट : आम्दानी भए पनि सदुपयोग नहुँदा मिहिनेतको फल प्राप्त नहुनसक्छ। सत्य बोल्ने मान्छेसँग मात्र संगत गर्नु राम्रो हुन्छ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

सिंह : बुद्धिको प्रयोग गरेर जीवनलाई अगाडि बढाउनु राम्रो हुन्छ। रिसले तपाईंको क्षति हुनेछ। सनकको भरमा कुनै पनि काम नगर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रको भन्दा :वदेशमै गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : आफन्तबाटै काममा अवरोध हुनसक्छ। आफू भन्दा ठुलाको सुझाव लिएर काम गरेमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह मिल्नेछ।

तुला : धेरै जनाको चित्त बुझाउने काम गर्दा आफूलाई घाटा हुनेछ। सोचेर गरेको लगानी भए शिक्षामा फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। विदेशमा भन्दा :वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ।

वृश्चिक : आफू भित्रको खुशी भुलेर बाहिर खुशी खोज्दा निराश हुनुपर्नेछ। आफूभित्र रमाउन सकेमा हरेक क्षेत्रमा उन्नति हुनेछ। वैदेशिक लगानीबाट राम्रो हुनेछ। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : नयाँनयाँ सम्भावनाका ढोका खुल्नेछ। मन उत्साहित हुनेछ। अधुरा योजना सञ्चालन हुनेछन्। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको आर्शिवादले मन खुशी हुनेछ।

मकर : सञ्चित धन जोगाउनुपर्ने समय छ। ठूलो खर्च नगरेको राम्रो हुनेछ। थोरै बोलेर धेरै काम गर्नुपर्नेछ। बिहानै शिवको भजन सुन्नु राम्रो हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : सकारात्मक ठाउँमा शनिदेव भए उन्नतिको अवसर मिल्नेछ। शिक्षा र :वा:थ्य क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट फाइदा हुनेछ।

मीन : आज शुभ दिन छ। आँटेका काम बन्नेछन्। धन आर्जन हुनेछ। कतै रमाइलो यात्रा हुने योग छ। परिवारको साथ निरन्तर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : १२ बजे

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ

विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल, घरेलु मैदानमा बदला लिने अवसर

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

बिपी राजमार्गमा आवागमन बन्द

काभ्रेपलाञ्चोक – वर्षाका कारण बिपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – आज २०८३ साल वैशाख २२ गते मंगलबार। जेठ