लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा « Khabarhub

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

मुम्बईको शानदार जितमा रिकेल्टनको विष्फोटक ब्याटिङ


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ खेलमा लखनऊ सुपर जायन्ट्समाथि ६ विकेटको रोमाञ्चक जित हात पारेको छ । सोमबार राति घरेलु मैदान वाङ्खेडेमा भएको उच्च स्कोरको खेलमा मुम्बईले २ सय २९ रनको विशाल लक्ष्य ८ बल बाँकी छँदै पूरा गरेको हो ।

मुम्बईको जितमा ओपनर र्यान रिकेल्टन नायक बने । उनले मात्र ३२ बलमा ८३ रनको विष्फोटक इनिङ्स खेल्दै टोलीको जितको आधार तय गरे । रिकेल्टनले आफ्नो इनिङ्समा चौका र छक्काको वर्षा गर्दै लखनउका बलरलाई दबाबमा राखेका थिए । उनी ‘प्लेयर अफ द म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनऊ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रनको बलियो योगफल खडा गरेको थियो ।

मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर २ सय २९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । मुम्बईका लागि रोहित शर्माले ४४ बलमा ८४ रनको आक्रामक अर्धशतकीय पारी खेले । मुम्बईका लागि रिकेल्टन र रोहितले पहिलो विकेटका लागि १४३ रनको साझेदारी गरेका थिए ।

यो जितसँगै १० खेल खेलेको मुम्बईले ६ अंक बनाएको छ । तालिकाको पुछारमा रहेको लखनउ भने नौ खेल खेल्दा चार अंकमा सीमित छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ६ : १९ बजे

तस्बिरमा हेर्नुहोस्, बाँसबारीमा भासिएको घर

काठमाडौं– काठमाडौँको बाँसबारीमा बिहीबार राति एक घर भासिएको छ ।  

नेपाली एआई प्लेटफर्म ‘टिङटिङ’को अन्तर्राष्ट्रिय विस्तार

काठमाडौं– नेपालमा विकास भएको एआईमा आधारित व्यावसायिक सञ्चार प्लेटफर्म ‘टिङटिङ’ले

भूमिमन्त्री रावल सुदूरपश्चिम जाँदै, भनिन्- सुकुम्वासी लगायत सरोकारवालासँग भेटघाट गर्छु

काठमाडौं–  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल

ज्ञानेन्द्रको दाबीअनुसार वालेन्द्रले दर्शन गर्ने ‘खम्पा गुम्बा’ छ त मुस्ताङमा ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका