होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक « Khabarhub

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी ‘होल्डिङ सेन्टर’ मा राखिएका परिवारका ५२ जना बालबालिकालाई आजदेखि विद्यालय पठाउन थालेको छ । नदी किनारका बस्ती खाली गराउने क्रममा थापाथली, गैरीगाउँ र सिनामंगल लगायतका क्षेत्रबाट ल्याइएका परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा जोड्न महानगरले यो पहल थालेको हो ।

सामाखुसीस्थित राधास्वामी सत्संग व्यास आश्रममा रहेका ६६ परिवारका बालबालिकामध्ये विद्यालय जाने उमेरका ५२ जनालाई आजदेखि वडा नं. १४ स्थित जनकल्याण माध्यमिक विद्यालयमा पठाउन लागिएको छ । महानगरपालिकाको शिक्षा विभागले सोमबार विद्यार्थी र अभिभावकसँग परामर्श गरी उनीहरूको रुचि र आवश्यकता पहिचान गरेपछि यो निर्णय लिएको हो । उक्त विद्यालय आश्रमबाट पैदल दूरीमै रहेको छ ।

३० जना छात्रबासमा बस्ने
शिक्षा विभागका अनुसार विद्यालय उमेरका बालबालिकामध्ये ३० जनालाई अभिभावकले छात्रबासमा राखेर पढाउन इच्छा देखाएका छन् । यसरी इच्छुक हुनेमा ११ छात्रा र १९ छात्र रहेका छन् । केही बालबालिकाले भने छात्रबासमा बस्न अनिच्छा व्यक्त गरेको शिक्षा विभागका वरिष्ठ शाखा अधिकृत सुशील सुवेदीले जानकारी दिए । विद्यार्थीलाई आवश्यक पर्ने पोशाक र शैक्षिक सामग्रीको व्यवस्थापनका लागि पनि विवरण संकलन भइरहेको छ ।

महानगरका निर्देशक वसन्त आचार्यका अनुसार १० वर्षभन्दा माथिका बालबालिकालाई आवास सुविधासहितको अध्ययनका लागि प्याब्सन, एनप्याब्सन र हिसानमार्फत समन्वय भइरहेको छ । निजी विद्यालयहरूबाट रिक्त कोटाको जानकारी आएपछि योग्य बालबालिकालाई छात्रबासमा पठाइने महानगरको योजना छ ।

एसईई दिएकालाई सीपमूलक तालिम
होल्डिङ सेन्टरमा रहेका ४ जना विद्यार्थीले यस वर्ष एसईई दिएका छन् । उनीहरूले कम्प्युटर, सिलाइ-बुनाइ जस्ता सीपमूलक तालिम लिन इच्छा देखाएका छन् । महानगरपालिकाका शिक्षा अधिकारी नमराज ढकालका अनुसार उनीहरूका लागि रुचि अनुसारको सीपमूलक तालिमको प्रबन्ध मिलाइनेछ ।

यसअघि आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शैक्षिक संस्थाहरूका प्रतिनिधिहरूसँग छलफल गरी वास्तविक सुकुम्बासीका बालबालिकालाई निःशुल्क आवाससहितको शिक्षा दिन आग्रह गरेकी थिइन् । सोही अनुरूप हिसान, प्याब्सन, एनप्याब्सन र एपेनले संयुक्त विज्ञप्ति जारी गर्दै सहयोग र सहजीकरणका लागि तत्परता देखाएका छन् ।

हाल राधास्वामी आश्रममा ३ जना सुत्केरी, २ जना गर्भवती र १ जना अपाङ्गता भएका व्यक्तिसहित कुल २०३ जना आश्रित रहेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ५१ बजे

कति राम्रो ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)

काठमाडौं- सिन्धुपाल्चोकको हेलम्बु पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका

अपराध अनुसन्धानलाई व्यावसायिक र नतिजामुखी बनाउन मुख्यमन्त्री शाहको जोड

घोडाघोडी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक र राज्यको सुरक्षा सुनिश्चित

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

एजेन्सी– भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत