विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल « Khabarhub

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

घरेलु मैदान कीर्तिपुरमा बदला लिने अवसर


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम अर्थात् छैटौं खेलमा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दैछ ।

घरेलु मैदानमा जारी शृङ्खलालाई एकदिवसीय विश्वकप छनोटको यात्रामा निकै महत्त्वपूर्ण मानिएको छ । घरेलु मैदानको शृङ्खलाका दुई खेलमा जित निकालेको नेपाल एक खेलमा पराजित छ । यूएईमाथि दुई जित निकालेको नेपाल यसअघि ओमानसँग पहिलो खेलमा पराजित भएको हो ।

पहिलो खेलमा यूएईमाथि ३७ रनको जित निकालेको नेपाल दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको हो । तेस्रो खेलमा भने नेपालले यूएईमाथि ६ रनको सनसनीपूर्ण जित निकालेको थियो ।

घरेलु मैदानमा सिरिजको महत्त्वपूर्ण खेलमा आज ओमानमाथि जित निकाल्दै पर्ने दबाब नेपालमाथि छ । ओमान भने त्रिवि मैदानमा नेपालसँग अहिलेसम्म अपराजित छ ।

लिग २ मा ओमान ३१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ भने १६ अंक मात्र जोडेको तेपाल तालिकाको नवौं स्थानमा छ । ओमानले अहिलेसम्म लिग–२ अन्तर्गत २७ खेल खेल्दा १४ जित निकालेको छ भने नेपालले २३ खेल खेल्दा सात जित निकालेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : ३२ बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव