योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍… « Khabarhub

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको नशाको शल्यक्रिया (न्युरो सर्जरी) गरिएको छ ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स), राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ न्युरोसर्जन निलमकुमार खड्काको नेतृत्वको चिकित्सकको टोलीले यहाँको पातारासी गाउँपालिका–३ स्थित छुमगाउँका गोरबहादुर बोहराको टाउकाको ‘न्युरोसजेरी’ सफल भएको हो

यही वैशाख १८ गते आफ्नै घरको छतबाट लडेर टाउकोमा गम्भीर चोट लागेपछि उनलाई उपचारार्थ प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानमा चिकित्सको समस्याले गर्दा बोहोरालाई अन्य सुविधा सम्पन्न अस्पतालमा ‘रिफर’ को तयारी समेत गरिएको थियो ।

प्रष्ठिानमा कार्यरत डा निर्मल थापाले दिनुभएको जानकारी जानकारी अनुसार डा खड्का जिल्लामै रहनुभएको सूचना पाएपछि शल्यक्रिया गरिदिन विरामीका आफन्तले आग्रह गरेका थिए ।

योग शिविरका लागि डा खड्का यहाँस्थित गुठीचौर गाउँपालिका–५ देपालगाउँमा रहनुभएको थियो । डा खड्काले मानवीय भावनाका साथ शल्यक्रिया गर्न सहमति जनाएपछि आइतबार साँझ शल्यक्रिया गरिएको बिरामीका आफन्त गोर्खबहादुर रावतले जानकारी दिए ।

शल्यक्रियामा डा खड्कासँगै प्रतिष्ठानमा कार्यरत डा. थापा र डा रमेश काफ्लेलगायतको टोली सम्लग्न रहेका प्रतिष्ठानले जनाएको छ ।

निःशुल्क रूपमा शल्यक्रिया हुँदा आर्थिक र समयको बचत भएको छ । डा खड्कालाई बिरामीका आफन्तले विशेष धन्यवाद दिएका छन् ।

पछिल्ला दिन प्रतिष्ठानमा चिकित्सा विषयको स्नातह तहको पठनपाठन समेत सुरुआत भैसकेको छ । प्रतिष्ठानलाई चिकित्सा शिक्षा र उपचारको अब्बल बनाउन लागिरहेको प्रतिष्ठानका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिए । रासस

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १० : २७ बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली