वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान « Khabarhub

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।

उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ । रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहाल भन्छन्, ‘यसपटक मकै छर्ने बेलादेखि वर्षा भइरहेका कारण मकै छर्न र गोड्नसमेत सहज भएको छ, मकैबाली उत्पादन बढ्ने आशा छ ।’

त्यसैगरी चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताए । 

त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगर भन्छन्, ‘यसपटक डाँडापाखाका बारीमा समेत छरेको मकै निरन्तर वर्षाका कारण राम्ररी फस्टाइरहेको छ, निरन्तर वर्षाले मकैखेतीलाई ठूलो राहत प्रदान गरेको छ ।’

जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताए ।

यादवका अनुसार उदयपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि मकैखेती हुँदै आएको छ । यसपटक यस्तै मौसम रहेमा मकै उत्पादनमा २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ११ : २५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्