जलवायुमैत्री खेती लगाउन सिक्दै किसान « Khabarhub

जलवायुमैत्री खेती लगाउन सिक्दै किसान


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीका किसान जलवायुमैत्री खेतीमा प्रोत्साहित भइरहेका छन् । विभिन्न जलवायुमैत्री प्रविधि पाठशालाका माध्यमबाट अभ्यास गर्दै जिल्लाको टीकापुरमा ४९ उत्पादन समूहले जलवायुमैत्री खेतीको अभ्यास गरिरहेका छन् । 

किसानले खेती गर्ने विभिन्न प्रविधिबारे जानकारी लिने, जलवायुमैत्री खेती प्रविधिबारे सिक्दै गएका छन् । यहाँ एक हजार २०० किसान जलवायुमैत्री खेती गरिरहेका छन् । 

टीकापुर नगरपालिका र दिगो विकास समाज भजनीको सहकार्यमा टीकापुरमा छ वटा जलवायुमैत्री कृषक पाठशालासमेत सञ्चालन भएका छन् । पाठशालामार्फत १२० किसानले जलवायुमैत्री खेती गरिरहेका छन् । तीन वटा कृषक पाठशाला सकिएको र तीन वटा अहिले चलिरहेका छन् । 

दिगो विकास समाज भजनीका परियोजनाका कार्यक्रम संयोजक प्रभु ढकालका अनुसार परियोजनाले किसानको आयआर्जनका लागि जलवायुमैत्री खेती प्रविधिबारे किसानलाई सिकाउने गरेको छ । जसका लागि नमूना प्लट प्रदर्शन, महिलाको कार्यबोझ घटाउन कृषि उपकरण सहयोग, डिजिटल प्रविधिबाट बजारीकरण सिकाउने कार्य गर्दै आएको छ । 

परियोजनाले टीकापुर नगरपालिका वडा नं ६, ७, ८ र ९ मा काम गरिरहेको छ । त्यसैगरी भजनी नगरपालिका वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ मा पनि काम गरिरहेको छ । घोडाघोडी नगरपािलका वडा नं १, २, ३, ५, ६, ७, ८, १०, ११, र १२ गौरीगङ्गा नगरपालिका वडा नं १० र ११ र कैलारी गाउँपालिका–८ मा काम गरिरहेको छ । 

यसका साथै कृषिमा लागेका समुदायका लागि समावेशी बजार, महिलाहरूको आर्थिक सशक्तीकरण, हरियाली पुन स्थापनालगायतका कार्यमा किसानको सक्रियता बढिरहेको स्थानीय सन्ध्या चौधरीले बताइन् । टीकापुर–७ बेलुवाका चमेली जलवायु अनुकूलन कृषक पाठशालाका अध्यक्ष अजुवा चौधरीले गर्मी मौसममा खुर्सानी, टमाटर, काउली लगाउने र जोगाउने तरिका सिकेर खेती थालेका बताए ।

‘गर्मीमा तरकारीखेतीका लागि पानी धेरै चाहिने भएकाले सिँचाइ सुविधा भएको जमिनमा खेती गरिएको छ’, उनले भने, ‘जलवायु अनुकूलनबाट तरकारी जोगाउन दूरी, गोडमेललगायतबारे जानकारी पाएका छौँ ।’

चमेली जलवायु पाठशालामा १८ जना महिलाले ढाइ कट्ठा जमिनमा तरकारीखेती गरेका छन् । उनीहरुले यो प्लटमा तरकारीखेती गर्दा झोल मल बनाउने तरिका सिकेका छन् । उनीहरुले घरघरमा जम्मा गरेको पिसाब, पानी, गोबर मल, झारपात, मिसाएर जैविक मल बनाउने गरेका छन् । यसका साथै गर्मीमा जोगिने बीउबारे पनि उनीहरु सचेत भएका चौधरीको भनाइ छ ।

जलवायुमैत्री कृषक पाठशालाले किसानलाई जलवायु परिवर्तनको प्रभाव बुझ्न सहयोग भइरहेको छ । आजभोलि मौसमी ढाँचा परिवर्तन भइरहेकाले यसबारे किसान सचेत भएका खेती सुधारमा सहज हुने कृषि प्राविधिक रविना चौधरीको भनाइ छ । 

‘मौसम परिवर्तनका कारण अनियमित वर्षा, तापक्रम वृद्धि, सुक्खा वा बाढी आउने गर्नाले किसानलाई प्रत्यक्ष असर परिरहेको छ’, उनी भन्छिन्, ‘यसबाट जोगिन जलवायुमैत्री खेती आवश्यक रहेकोमा किसानहरू बुझ्न थालेका छन् । जलवायुमैत्री कृषक पाठशालाले कृषकलाई यी जोखिम पहिचान गर्न र समाधान खोज्न मद्दत गर्छ ।’

यसका साथै, जलवायुमैत्री प्रविधिजस्तै जैविक मल प्रयोग, पानीको दक्ष व्यवस्थापन, विविध बाली प्रणाली अपनाउन सहयोग गरिरहेको किसानकै भनाइ छ । 

कृषकलाई व्यवहारिक अभ्यासमार्फत दिगो उत्पादन प्रणालीमा लैजान सहयोग भइरहेकाले यसले माटो, वातावरण संरक्षणमा सहयोग भइरहेको उनीहरूको भनाइ छ । कृषक पाठशालामा महिला किसान बढेपछि लैङ्गिक उत्तरदायित्व र सामाजिक न्यायलाई जोड दिन सहयोग भइरहेको महिला किसानको भनाइ छ । 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १२ : २२ बजे

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं– केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मंगलबारे– इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट

व्यवसायीलाई त्रसित बनाउने र पक्रिने काम रोकौँ : अध्यक्ष पाण्डे

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले एक साताभित्र मूल्य समायोजनसहित आवश्यक