एघार दिनपछि दमौली बजारको फोहर उठ्यो « Khabarhub

एघार दिनपछि दमौली बजारको फोहर उठ्यो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमौली– एघार दिनपछि तनहुँको सदरमुकामस्थित दमौली बजारको फोहर उठेको छ । व्यास नगरपालिकाले यही वैशाख ११ गतेदेखि फोहर सङ्कलन स्थगित गरेकामा आजदेखि फोहर उठाउन थालेको हो । 

फोहर विसर्जन गर्ने ठाउँ अभावका कारण नगरपालिकाले बजार क्षेत्रबाट फोहर उठाउन सकेको थिएन । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले अहिले तत्कालका लागि अस्थायी ठाउँ खोजेर फोहर विसर्जन गर्न लागिएको जानकारी दिए । 

उनले भने, ‘दमौली बजारमा लामो समयदेखि फोहर उठ्न नसक्दा दुर्गन्धित हुन थालेको छ । अहिले फोहर गाडेप तत्काल पुर्ने व्यवस्था मिलाएका छौँ ।’

फोहरमैलाको दिगो व्यवस्थापनका लागि प्रस्तावित जग्गा खरिदको अनुमति नेपाल सरकारसँग माग भएकामा हालसम्म पनि अनुमति प्राप्त हुन नसकेको उनले उल्लेख गरे । 

उनले भने, ‘हाल स्रोतमा वर्गीकरण गरी आएका नकुहिने फोहरलाई कार्यालय परिसरभित्र सूक्ष्म वर्गीकरण गरी बिक्रीयोग्य सामानहरू बिक्री गरी बिक्री अयोग्य वस्तुहरूको अन्तिम विसर्जनका लागि वडा नम्बर १ गल्वुवेशी अकला कमलडिहीमा व्यक्तिको जग्गामा अस्थायी व्यवस्थापन गरिँदै आएको थियो ।’

उक्त अस्थायी ठाउँ पनि फोहरले भरिएपछि अर्को ठाउँ खोजी कार्य भइरहेको लम्सालले बताए । नगरपालिकाले तीन वटा टिपर, चार वटा ट्याक्टर, एक जेसिवी, एक सक्सन ट्याङ्क, एक अटो र एक रिक्सा गरी ११ वटा सवारीसाधन दैनिक रुपमा सरसफाइ कार्यका लागि प्रयोग गर्दै आएको छ ।

नगरपालिकाको स्थापनाको ३२ वर्ष भए पनि यहाँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ । नगरपालिकामा स्थापनाकालदेखिको मुख्य समस्याको रुपमा रहेको फोहरमैला व्यवस्थापन सधैँको समस्या बन्ने गरेको छ । रासस

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १२ : ५० बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या