भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा « Khabarhub

भोजपुर महिला फुटबलमा धरानलाई हराउँदै सङ्खुवासभा-११ फाइनलमा


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

टक्सार– जिल्ला सदरमुकाममा आयोजित मेयर कप महिला फुटबल प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनल खेलमा फेयर फुटबल क्लब धरानलाई ‘पेनाल्टी’मा ४–२ गोलअन्तरले हराउँदै सङ्खुवासभा–११ फाइनल प्रवेश गरेको छ । 

आठौँ संस्करणको खेलअन्तर्गत आजको पहिलो सेमिफाइनलमा खेलको अन्तिम समयमा दुवै टोलीबाट एक–एक गोल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो । खेलको निर्धारित समयमा सङ्खुवासभाका लागि जर्सी नं ९ का अनिता रानामगरबाट एक गोल र धरानका लागि जर्सी नं ५ का युनिशा राईबाट एक गोल भएको थियो । 

पेनाल्टीतर्फ सङ्खुवासभा–११ का लागि जर्सी नं १४ मनिता तामाङ, जर्सी नं ९ अनिता रानामगर, जर्सी नं ७ मनिषा थापामगर र जर्सी नं ८ किरण लिम्बूबाट एक–एक गोल भयो भने धरानका लागि जर्सी नं २ विजेता राई र जर्सी नं ५ युनिशा राईले एक–एक गोल गरे । यस खेलको ‘म्यान अफ दी म्याच’ सङ्खुवासभाका गोलरक्षक झरना नगरकोटीले ट्रफीसहित रु दुई हजार पाइन् ।

दोस्रो सेमिफाइनल खेल लेटाङ फुटबल क्लब र गेरबाबा फुटबल क्लब झापाबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । बुधबार हुने फाइनल खेल हुनेछ भने विजेताले नगद रु एक लाख छ हजार र उपविजेताले ५५ हजार पाउनेछन् ।

जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा वैशाख २१ देखि प्रतियोगिता सुरु भएको हो । भोजपुर नगरपालिका–७ कोदार रङ्गशालामा जारी प्रतियोगितामा भोजपुर नगरपालिका–१० भैसीपङ्खा, सङ्खुवासभा–११ सङ्खुवासभा, फेयर फुटबल क्लब धरान, रिमाचुङ फुटबल क्लब टेम्केमैयुङ, लेटाङ फुटबल क्लब र गेरबाबा फुटबल क्लब झापाले सहभागिता जनाएका छन् । 
 

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ५ : ५० बजे

बेलायतमा नेपाली विद्यार्थीका समस्या गम्भीर, तत्काल सुधारका उपाय अपनाउन आग्रह

काठमाडौं – बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरूले भोगिरहेका समस्या दिनप्रतिदिन गम्भीर

आफैँले चलाएको गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपप्रमुखको मृत्यु

प्यूठान – प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज राना मगरको सवारी

भाइरल च्याटबारे सुजन चापागाईंको स्पष्टीकरण : सामाजिक सञ्जालको दुरुपयोग भयो, छानबिन सुरु गरिसकेको छु

काठमाडौं – पछिल्लो केही दिनदेखि सामाजिक सञ्जालमा आफूले विभिन्न महिला

चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव

कञ्चनपुर– लगातार बढ्दो गर्मी र लामो समयदेखि वर्षा नहुँदा कञ्चनपुरका