इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो « Khabarhub

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ ।

पश्चिम एशियामा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण इरानको सहभागिताबारे अन्योल देखिएको भए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले निर्धारित तालिकाअनुसार विश्वकपमा भाग लिने स्पष्ट पारेका छन् ।

सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि जुलाई १९ सम्म संयुक्त रूपमा आयोजना हुँदैछ । इरानले आफ्नो समूहका खेलहरू संयुक्त राज्य अमेरिकामै खेल्ने तय भएको छ ।

यसअघि क्यानडामा आयोजित फिफा कंग्रेसमा इरानी प्रतिनिधिमण्डल सहभागी हुन सकेको थिएन । क्यानडाले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेश निषेध गरेको कारण उनीहरूलाई फर्किनु परेको बताइएको थियो ।

त्यसपछि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज स्वदेश फर्किएका थिए र फिफासँग विभिन्न विषयमा छलफल गर्न चाहेको बताएका थिए । समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ३४ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले