इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो « Khabarhub

इरानले विश्वकप खेल्छ : फिफा अध्यक्ष इन्फान्टिनो


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय ‘फिफा’ ले इरानको फुटबल महासङ्घलाई सन् २०२६ को विश्वकपमा सहभागितासम्बन्धी छलफलका लागि आफ्नो मुख्यालय ज्युरिखमा बोलाएको छ ।

पश्चिम एशियामा फेब्रुअरीदेखि बढ्दै गएको द्वन्द्वका कारण इरानको सहभागिताबारे अन्योल देखिएको भए पनि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले इरानले निर्धारित तालिकाअनुसार विश्वकपमा भाग लिने स्पष्ट पारेका छन् ।

सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा जुन ११ देखि जुलाई १९ सम्म संयुक्त रूपमा आयोजना हुँदैछ । इरानले आफ्नो समूहका खेलहरू संयुक्त राज्य अमेरिकामै खेल्ने तय भएको छ ।

यसअघि क्यानडामा आयोजित फिफा कंग्रेसमा इरानी प्रतिनिधिमण्डल सहभागी हुन सकेको थिएन । क्यानडाले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्ससँग सम्बन्धित व्यक्तिहरूलाई प्रवेश निषेध गरेको कारण उनीहरूलाई फर्किनु परेको बताइएको थियो ।

त्यसपछि इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताज स्वदेश फर्किएका थिए र फिफासँग विभिन्न विषयमा छलफल गर्न चाहेको बताएका थिए । समूह ‘जी’ मा रहेको इरानले न्युजिल्यान्ड, बेल्जियम र इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । इरानले आफ्नो पहिलो खेल जुन १५ मा लस एन्जलसमा न्युजिल्यान्डविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ७ : ३४ बजे

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ

मोहम्मद सालाह टर्की जाने तयारीमा

काठमाडौँ – लिभरपुलका पूर्वविङ्गर मोहम्मद सालाह फ्रि ट्रान्सफरमा टर्किस क्लब