नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा प्रमाण मिसिल झिकाउन आदेश गरेको छ ।

न्यायाधीश खिमानन्द भुसालको इजलासले मंगलबार सुनुवाइ गर्दै पूर्वगृहमन्त्री बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहित उच्च पदाधिकारीविरुद्ध चलेको मुद्दामा प्रमाण मिसिल झिकाउने आदेश दिएको हो ।

संगठित गिरोह खडा गरी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन भूमिका खेलेको दाबीसहित चलेको मुद्दामा अन्तिम सुनुवाइ प्रयोजनका लागि प्रमाण मिसिल झिकाइएको हो ।

जिल्ला अदालतले पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा र तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी र सन्देश शर्मासहित ३० जनाविरुद्ध चलेको किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध मुद्दाको प्रमाण मिसिल झिकाउन भनेको हो ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : ०९ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण