आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ २२ गते शुक्रबारको राशिफल


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ २२ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको पञ्चमी तिथि। सन् २०२६ जुन ५ तारिख। विश्व वातावरण दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष  : दिन राम्रो छ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने छ । आर्थिक उन्नति हुनेछ ।  शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ । प्रेम  सम्बन्ध सुमधुर बन्नेछ।

वृष  : दिन सामान्य छ । घमण्डले फाइदा नहुने दिन छ । खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम देखिन्छ । दाम्पत्य जीवनमा सुमधुर बन्नेछ। शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।

मिथुन  : समय राम्रो छ । लगानीको क्षेत्रबाट आम्दानी हुनेछ । अरुको प्रभावमा नपर्नु राम्रो हुन्छ । परिवारसँगको सम्बन्ध सन्तोषजनक रहने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । मनमा उत्साह बढ्ने छ ।

कर्कट  : शुभ दिन छ । समाज र देशको सेवा गर्ने अवसर मिल्नेछ । आजको लगानीबाट नाफा हुनेछ । धार्मिक यात्रा हुने योग छ । व्यापारमा फाइदा हुनेछ । व्यवहार गर्दा सचेत हुनुपर्ने दिन छ ।

सिंह  : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । धेरै ग्रह सकारात्मक भएकाले तपाईंको काम बन्नेछ । साथीभाइले साथ दिनेछन् । स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ ।

कन्या  : दिन सामान्य छ । ठूला लगानीमा हात नहाल्नु उचित हुनेछ । परिवारमा टकराब देखिने भएकाले तपाईंका लागि मौन रहनु फाइदा हुनेछ । व्यापारमा मिहिनेत गर्नुपर्ने समय छ ।

तुला  : दिन राम्रो छ । शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । आलश्य त्याग्नु राम्रो हुन्छ । समाजबाट सम्मान प्राप्त हुनेछ । परिवारबाट सुख मिल्नेछ । दक्षिण तर्फको यात्रा नगर्नु राम्रो हुन्छ ।

वृश्चिक  : समय सामान्य छ । आर्थिक क्षेत्रमा लाभ हुनेछ । बन्धु सकारात्मक छन् । अपमान सहनुपर्ने हुनसक्छ । दाम्पत्य जीवन सुखमय रहनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने समय छ ।

धनु  : दिन राम्रो छ । लगानीको क्षेत्रमा फाइदा हुनेछ । सामाजिक क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या देखिने सम्भावना छ । अनावश्यक खर्च बढ्नेछ ।

मकर  : समय सामान्य छ । मिहिनेतको फल नमिल्न सक्छ । मानिसलाई खुशी बनाउन नसक्ने दिन छ । झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ । वैदेशिक लगानीबाट फाइदा हुनेछ ।

कुम्भ  : दिन सामान्य छ । खर्च बढ्नेछ । छोटो यात्रा तय हुन सक्छ । सामाजिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ । प्रशंसा हुनेछ । दाम्पत्य जीवनमा खटपटी बढ्ने भएकोले व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ ।

मीन  : आजको योजनाले महत्त्वपूर्ण काम बन्नेछ । दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ । शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ । स्वास्थ्यमा लाभ हुनेछ । सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ । दाम्पत्य जीवन सुखमय बन्नेछ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : १० बजे

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।