जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’ « Khabarhub

जेलेन्स्कीले पुटिनलाई पठाए खुला पत्र: ‘युद्ध रोक्न आमनेसामने वार्ता गरौँ’

मस्को भन्छ– 'वार्ताका लागि स्वागत छ'


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक खुला पत्र लेख्दै युद्ध अन्त्यका लागि आमनेसामने वार्ता गर्न प्रस्ताव गरेका छन्।

युरोपमा जारी युद्धतर्फ अमेरिकाको ध्यान पुनः केन्द्रित नभएसम्म ‘हात बाँधेर पर्खिरहनु गलत हुने’ उल्लेख गर्दै जेलेन्स्कीले युक्रेन र रुसबीचको प्रत्यक्ष संवादबाट मात्रै शान्ति सम्भव भएको बताएका हुन्। उनले प्रस्तावित वार्ता नसकिएसम्म पूर्ण युद्धविरामको आह्वान समेत गरेका छन्। यता रुसी राष्ट्रपति पुटिनले भने यसअघि नै युद्धविरामको सम्भावनालाई अस्वीकार गरिसकेका छन्।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच भेटवार्ता हुनु ‘उत्कृष्ट’ हुने प्रतिक्रिया दिएका छन्। क्रेमलिनले जेलेन्स्कीको पत्र प्राप्त भएको पुष्टि गर्दै यसबारे पुटिनलाई जानकारी गराइने जनाएको छ।

जेलेन्स्कीको पत्रको शैली केही आक्रामक र व्यङ्ग्यात्मक समेत देखिएको छ। हालैका दिनमा रुसी भूमिमा युक्रेनले गरेका आक्रमणलाई स्मरण गराउँदै उनले पत्रमा लेखेका छन्, “२६ वर्षसम्म सत्तामा रहँदा पुटिनमाथि उमेरको असर देखिन थालेको छ।”

व्यङ्ग्यका बीच जेलेन्स्कीले वार्ताको स्पष्ट प्रस्ताव राख्दै लेखेका छन्, “युक्रेन प्रत्यक्ष संवादमार्फत यो युद्ध अन्त्य गर्न चाहन्छ। म बैठकको प्रस्ताव गर्दछु।”

युक्रेनी राष्ट्रपतिको यो प्रस्ताव नयाँ भने होइन। यसअघि झैं क्रेमलिनले यसपटक पनि जेलेन्स्कीलाई मस्को आएर पुटिनसँग भेट्न स्वागत रहेको जवाफ फर्काएको छ।

यस पत्रमा किभले पहिलोपटक अमेरिकी ध्यान अहिले पूर्ण रूपमा इरानतर्फ केन्द्रित भएको कुरा सार्वजनिक रूपमा स्वीकार गरेको छ। “युरोपको युद्ध फेरि अमेरिकाको प्राथमिकतामा नपरुन्जेल पर्खेर बस्नु गलत हुनेछ,” जेलेन्स्कीले पत्रमा उल्लेख गरेका छन्।

उता सेन्ट पिटर्सबर्गमा विदेशी पत्रकारसँग कुरा गर्दै रुसी राष्ट्रपति पुटिनले आफू युक्रेनसँग सम्झौता गर्न ‘निश्चय नै तयार र इच्छुक’ रहेको बताएका छन्। तर, त्यसका लागि सम्झौताका सर्तहरूमा लचकता अपनाउनुपर्ने पुटिनको भनाइ छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ५८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा