रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट « Khabarhub

रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट

नेपाल–अमेरिका साझेदारी र आपसी हितका विषयमा छलफल


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

राजदूत गोर अमेरिकाका तर्फबाट दक्षिण एसियाका लागि विशेष दूत समेत हुन्। केही समयअघि नेपाल भ्रमणमा आएका बेला पनि उनले सभापति लामिछानेसँग भेटघाट गरेका थिए। नेपाल भ्रमणका क्रममा सगरमाथा आधार शिविरमा ड्रोन परीक्षण गरी उनी भारत फर्किएका थिए।

भारत भ्रमणमा रहेका कुनै पनि नेपाली राजनीतिक दलका नेतालाई भारतका लागि अमेरिकी राजदूतले उतै पुगेर भेट गरेको यो पहिलो पटक हो। त्यसैले नेपाली राजनीति र कूटनीतिक वृत्तमा यस भेटलाई निकै चासोका साथ हेरिएको छ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको ऐतिहासिक तथा कूटनीतिक साझेदारीलाई थप मजबुत बनाउने विषयमा गहन विचार आदानप्रदान भएको छ। अमेरिकी पक्षले नेपालसँगको मित्रतालाई उच्च महत्त्व दिएको उल्लेख गर्दै राजदूत गोरले दुवै देशको समृद्धि र अवसर अभिवृद्धिका लागि साझा प्राथमिकताका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

वार्ताका क्रममा नेपालको आर्थिक विकास, लोकतान्त्रिक मूल्य मान्यताको प्रवर्द्धन तथा पारस्परिक हितका विविध क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : ०८ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्