उत्कृष्ट चिनियाँ फिल्मको काठमाडौं विशेष प्रदर्शन सम्पन्न « Khabarhub

उत्कृष्ट चिनियाँ फिल्मको काठमाडौं विशेष प्रदर्शन सम्पन्न


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट घोषित भएका र प्रतिस्पर्धा गरेका ६ चिनियाँ फिल्महरूको काठमाडौं प्रदर्शन बिहीबार सम्पन्न भएको छ ।

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रवर्द्धन कार्यक्रम ‘तियानतान अवार्ड प्यानोरामा’ अन्तर्गतको यस कार्यक्रम ठमेलस्थित छाया सेन्टरमा तीन दिन चलेको थियो ।

चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँग सहकार्य गरेर कार्यक्रम गरेको हो ।

तीन दिनको ९ शोमा देखाइएका ६ चिनियाँ फिल्म करिब १४ सय दर्शकले हेरेको आयोजकको दाबी छ । उनीहरूले आफूलाई मन परेको विभिन्न जनराका चिनियाँ फिल्महरू नेपालमा व्यवसायिक प्रदर्शनको अपेक्षा गरेका छन् ।

यस कार्यक्रम पश्चात चिनियाँ चलचित्रकर्मीले नेपाली बजारलाई गम्भीरताका साथ लिएको महसुस भएको प्रतिष्ठानका अध्यक्ष केपी पाठकले अनुभव व्यक्त गरे ।

उनले भने, ‘चिनियाँ चलचित्रहरू पनि नेपालमा नियमित तथा व्यावसायिक रूपमा प्रदर्शन हुने वातावरण निर्माण हुने र नेपाली चलचित्रहरू चिनियाँ बजारमा विभिन्न माध्यमबाट प्रदर्शन हुनेमा हामी आशावादी छौं । दुई देशको बजारमा एक–अर्कालाई प्रवेश गराउने माध्यम यस्तै कार्यक्रमहरू हुन् ।’

नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिसटर काउन्सिलर चोउ पानले चीन र नेपालबीचको यस कार्यक्रममा मन्तव्य राखेका थिए। आफ्नो मन्तव्यका क्रममा पानले दुई देशबीचको सांस्कृतिक आदानप्रदानको सबैभन्दा जीवन्त माध्यम चलचित्र भएको भएको उल्लेख गरे।

कार्यक्रमको पहिला दिन मंगलबार फिल्महरू ‘ट्रयाप्ड’, ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ प्रदर्शन भएको थियो ।

दोस्रो बुधबार ‘समर डायरी’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

अन्तिम दिन बिहीबार ‘लस्ट इन द स्टार्स’, ‘द स्याडोलेस टावर’ र ‘जर्नी टु द वेस्ट’ प्रदर्शन भएको थियो ।

कार्यक्रमको पहिलो दिन ‘द ट्रयाप्ड’का निर्देशक सागर झाङले फिल्म प्रदर्शन पश्चात नेपाली दर्शकसँग प्रश्नोत्तर गरेका थिए ।

उनले आफ्नो किशोरअवस्थाको सम्झना यस फिल्म समेटेको जानकारी दिए । सस्पेन्स क्राइम जनरामा बनेको यो फिल्ममा सन् १९९५ मा चीनमा बन्दुक प्रतिबन्ध हुनुभन्दा एक वर्षअघि जेलबाट भागेको एक गुण्डाले सहरमा बिताण्डा मच्चाएको कथा देखाइएको छ । तथापि, यसको कथा पूर्ण काल्पनिक भएको निर्देशक झाङको भनाइ छ ।

झिहाई लिउद्वारा निर्देशित फिल्म ‘बियोन्ड द स्काइज’ले युद्धको कथा समेटेको छ ।

सन् १९३५ मा चिनियाँ गृहयुद्धको एक घटनाबारे बनेको यो फिल्मले ४८ घण्टा भित्र शत्रुको गोलाबारुद डिपो ध्वस्त पार्ने अभियानमा निस्केका एक साहसी युवा कम्युनिस्ट सिपाहीको कथा प्रस्तुत गर्दछ । उनका साथमा ३५० सहकर्मी सिपाहीहरूको जीवन खतरामा रहेको परिस्थितिले फिल्मलाई रोचक बनाएको छ ।

वु सुआङ निर्देशित ‘समर डायरी’ मरुभूमिमा बस्ने एक बालक आफ्नी आमा खोज्न सहर निस्किँदा विकसित परिस्थिति र उसको जीवनमा आएको परिवर्तनको कथामा बनेको छ ।

झाङ लु निर्देशित फिल्म ‘द स्याडोलेस टावर’ एक असफलताको सामना गरिरहेका वृत्तचित्र निर्मातालाई केन्द्रीय भूमिकामा छन् । बेइजिङ सहरको छायाँ र उज्यालोबीच जीवनमा असफलताहरू भोगिरहेका एक वृत्तचित्र निर्माताको रहस्यमयी युवतीसँगको भेट र निकटताबारेको कथामा फिल्ममा प्रस्तुत छ ।

‘जर्नी टु द वेस्ट’को निर्देशक दाशाङ कोङ हुन् । यस फिल्मका शीर्ष कलाकार एक पत्रिकाका सम्पादक हुन्छन् । पत्रिकाको स्तर खस्किए पनि उनी एलियनको खोजीमा लागिरेहका हुन्छन् । यही अवस्थमा अन्तरिक्षबाट आएको संकेतले उनी एलियनको खोजीमा पुनः सक्रिय रहेको कथामा यो फिल्म बनेको छ । हाँस्य खुराकहरूले यो फिल्मले मनोरञ्जन प्रदान गर्छ ।

फिल्म ‘लस्ट इन द स्टार’ सस्पेन्स क्राइम जनराको फिल्म हो । यसको कथा थाइल्यान्डमा एक गर्भवती महिलालाई भीरबाट खसालिएको वास्तविक घटनामा आधारित छ । नवविवाहित श्रीमती हनिमुनको क्रममा रहस्यमय रूपमा हराउँछिन् । सबैले उनका श्रीमान्लाई हत्याराका रुपमा शंका गर्छन् । मृत भनिएकी श्रीमती अचानक सकुशल फिर्ता भएको घटनाले आश्चर्य प्रदान गर्छ । यो फिल्ममा सस्पेन्स खुराक प्रशस्त पाइन्छ ।

काठमाडौंस्थित चिनियाँ सांस्कृतिक केन्द्रसहित त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र लुम्बिनी बुद्धिस्ट विश्वविद्यालयका कन्फुसियस इन्स्टिच्युटहरूको पनि सहयोगमा यो कार्यक्रम भएको हो ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १२ : २५ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

बागमती प्रदेश सहरी नीति कार्यान्वयन गरिँदै

बागमती– बागमती प्रदेशअन्तर्गतका सहरको व्यवस्थित विकास गर्न तयार गरिएको सहरी

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले