आउन सुरु भयो नेपाली आँप बजारमा (तस्बिरहरू) « Khabarhub

आउन सुरु भयो नेपाली आँप बजारमा (तस्बिरहरू)


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लाहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ । 

नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन् ।

व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन रोज्न थालेका छन् । यसले भारतीय आँपको मागमा समेत कमी आएको उनीहरूको भनाइ छ ।

हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ । कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको छ । 

त्यसैगरी माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ भने दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।

नेपाली आँपको उत्पादन बजारमा पर्याप्त मात्रामा आउन थालेपछि कुलेश्वर फलफूल बजार अहिले भरिभराउ देखिएको छ। व्यापारीहरूका अनुसार आगामी दिनमा थप परिमाणमा आँप भित्रिने  र बजार आँपले नै भरिने बताएका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १२ : ३३ बजे

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा