उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा  « Khabarhub

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन शनिबारदेखि टीकापुरमा 


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्का दुवै सदन र सातवटै प्रदेश सभाबीच समन्वय, सहकार्य तथा संसदीय अनुभव आदानप्रदानलाई प्रभावकारी बनाउने उद्देश्यले उच्चस्तरीय अन्तरव्यवस्थापिका सम्मेलन सुदूरपश्चिम प्रदेशको टीकापुरमा शनिबारदेखि सुरु हुने भएको छ।

जेठ २३ र २४ गते सञ्चालन हुने सम्मेलनमा सहभागी हुन प्रतिनिधि सभाका सभामुख डोल प्रसाद (डीपी) अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रूबी कुमारी, राष्ट्रिय सभाका उपाध्यक्ष लिला कुमारी भण्डारी लगायत संघीय तथा प्रदेश सभाका पदाधिकारीहरू धनगढी पुगेका छन्।

शनिबार बिहान ८:३० बजे सम्मेलनको औपचारिक उद्‌घाटन हुनेछ। उद्‌घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले गर्नेछन् भने प्रतिनिधि सभा र राष्ट्रिय सभाका प्रमुखले संयुक्त रूपमा उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ।

उद्‌घाटन समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शुभकामना मन्तव्य दिने कार्यक्रम छ।

बन्द सत्रमा संसदीय प्रणाली, कानुन निर्माण, डिजिटल पार्लियामेन्ट, संघीयता कार्यान्वयन तथा बजेट निर्माण प्रक्रियासम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ।

आइतबार सम्मेलनले ‘टीकापुर घोषणापत्र’ जारी गर्दै समापन हुनेछ। त्यसपछि पत्रकार सम्मेलनमार्फत निष्कर्ष सार्वजनिक गरिनेछ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  १ : ४७ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको