मोदीमाथि दबाब दिनु हानिकारक हुन्छ : पुटिन « Khabarhub

मोदीमाथि दबाब दिनु हानिकारक हुन्छ : पुटिन


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतलाई ‘महान देश’को संज्ञा दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको स्वतन्त्र विदेश नीतिको प्रशंसा गरेका छन् । साथै, रुससँगको सहकार्यका विषयमा भारतमाथि कुनै पनि प्रकारको बाह्य दबाब सिर्जना गर्नु अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुने चेतावनी दिएका छन् ।

 सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्च सेन्ट पिटर्सबर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले भारतले आफ्नो राष्ट्रिय हितअनुसार विभिन्न देशसँग सम्बन्ध विस्तार गरिरहेको र त्यसप्रति रुस सन्तुष्ट रहेको बताए।

‘भारतले आवश्यक ठानेका देशहरूसँग आफ्ना हितअनुसार आर्थिक तथा कूटनीतिक सम्बन्ध विकास गर्नु स्वाभाविक हो,’ पुटिनले भने, ‘भारत विश्वका अग्रणी अर्थतन्त्रमध्ये एक हो र यसको तीव्र आर्थिक वृद्धि प्रधानमन्त्री मोदी नेतृत्वमा अपनाइएका नीतिहरूको परिणाम हो।’

रुसी राष्ट्रपतिले रुससँगको सम्बन्धका कारण भारतमाथि दबाब दिने प्रयासको अप्रत्यक्ष आलोचना गर्दै यस्तो कदम स्वीकार्य नहुने धारणा राखे। उनले भने, ‘नरेन्द्र मोदीमाथि दबाब दिनु अन्तर्राष्ट्रिय सम्बन्ध र द्विपक्षीय सम्बन्धका लागि हानिकारक हुन्छ। दबाब जहाँबाट आए पनि त्यसले नकारात्मक परिणाम निम्त्याउँछ।’

रुस–भारत सम्बन्धबारे बोल्दै पुटिनले दुवै देशबीचको विशेष तथा विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी दशकौँदेखि विकास हुँदै आएको उल्लेख गरे। उनले सन् १९४७ मा भारत स्वतन्त्र भएपछि तत्कालीन सोभियत संघ सोभियत सङ्घले भारतसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको स्मरण गर्दै दुई देशबीचको सहकार्य ऐतिहासिक, दीर्घकालीन र विश्वासमा आधारित रहेको बताए।

पुटिनले भारतको विकास यात्रामा भारतीय जनताको परिश्रम, प्रतिभा र नेतृत्वको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भविष्यमा पनि रुस र भारतबीचको सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  २ : १८ बजे

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र