स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ « Khabarhub

स्वर्णिमले भने- ४८ सालपछि पहिलोपटक महत्वाकांक्षी आर्थिक सुधार भएको छ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित गर्ने गरी सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन् । 

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु फिन इलेक्ट्रो–टेक उद्घाटन गर्दै मन्त्री वाग्लेले अस्पष्ट ऐन, नियमावली, कार्यविधिको सुधारका साथ निजी क्षेत्रको आत्मविश्वासलाई पुनः स्थापित गर्ने गरी अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका हुन् । 

उनले ४८ सालपछि एकैपटक त्यति ठुलो महत्वाकांक्षा राखेर अर्थतन्त्रमा सुधारहरू घोषणा गरिएको यो पहिलो पटक भएको बताए  । उनले सडक पूर्वाधारमा लामो समयदेखि थाती राखिएका तर कार्यान्वयन हुन नसकिरहेका अधुरा कार्यहरूलाई टुङ्गाएर छाड्ने बताए ।

राजनीतिक श्रेयको होडबाजीमा लाग्नुहुन्न भनेर उदारतापूर्वक अधुरा आयोजनालाई सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिएको उनले जानकारी दिए  । 

उनले ऊर्जा मन्त्रालयका तर्फबाट पनि रोकिएका ट्रान्समिसन लाइन निर्माणको कार्यलाई एक वर्षभित्रै सम्पन्न गर्नका लागि सात–आठ अर्ब विनियोजन गरिएको उल्लेख गरे ।

मन्त्री वाग्लेले गरिबहरूलाई पैसा बाँड्दैमा गरिबीबाट माथि आउने नभएकाले गरिबी हटाउनका लागि रोजगारीको आवश्यक रहेको धारणा राखे । यसका लागि पनि निजी क्षेत्र चलायमान हुन आवश्यक रहेको उनको भनाइ छ ।  

उनले सरकारले अघि सारेको करको व्यवस्थाप्रति अन्यौलता राख्न जरुरी नभएको बताए । अन्तिम उपभोक्तालाई भार नपर्ने गरी करका विषयमा सरकारले आवश्यक योजना ल्याउने उनको भनाइ छ । 

उनले जनताको ठूलो म्याण्डेड पाएको सरकारले नै देश र अर्थतन्त्रको सुधार गर्ने भएकाले यसबारे जनतालाई बुझाएर नै अघि बढ्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ३ : ०५ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड