नेप्से परिसूचक ११ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक ११ अंकले घट्यो


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव ३७ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ३७ अंकले घटेर दुई हजार सात सय ५छ दशमलव ४१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७७ अंकले ओरालो लागेर चार सय ७१ दशमलव ९९ मा सीमित भएको छ ।    कूल तीन सय ५१ कम्पनीको एक करोड २७ लाख ३२ हजार आठ सय ६८ कित्ता शेयर रु पाँच अर्ब ६२ करोड ५६ लाख ११ हजार आठ सय २३ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, सिटी होटल लिमिटेड, एनबिबिएल डिवेञ्चर, सेन्ट्रल फाइनान्स  र रिडी पावर कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्  ।

कालिञ्चोक हाइड्रोपावर, उपकार लघुवित्त, लक्ष्मी बैंकको डिवेञ्चर,वेष्ट फाइनान्स कम्पनी र सिटी होटलका लगानीकर्ताले आज कमाएका छन् ।

यस्तै, एबिएल डिवेञ्चर, होटल फरेष्ट इन, माविलुङ इनर्जी,रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोका लगानीकतर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ३ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको