मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा « Khabarhub

मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा मगर खाम भाषामा पठनपाठन सुरु भएको छ । मगर समुदायको बाहुल्यता रहेका बस्तीका १४ वटा विद्यालयमा कक्षा १ मा मगर खाम भाषामा पठनपाठन गराउन थालिएको हो ।

रघुगङ्गा गाउँपालिकाको सहयोगमा नेपाल पुनमगर समाजले तयार पारेको ‘गेमीं मगर खाम’ पुस्तक विद्यालयलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताए ।

‘मगर खाम भाषाको संरक्षण, पुनरुत्थान र अन्तरपुस्ता हस्तान्तरणको लागि पुस्तक तयार पारेर पठनपाठन सुरु गरिएको हो’, उनले भने, ‘बालबालिकालाई दैनिक बोलीचाली र जीवनयापनमा बढी प्रयोग हुने शब्दावलीलाई पुस्तकमा समेटिएको छ ।’

मगर खाम भाषा पठनपाठनका लागि जनशक्ति तयार पार्ने र क्षमता विकास गर्ने उद्देश्यले यसअघि शिक्षकलाई सातदिने तालिम प्रदान गरिएको थियो । नेपाल पुनमगर समाज रघुगङ्गाका अध्यक्ष टीका पुर्जा पुनले मगर भाषाको महत्वलाई उजागर गरी नयाँ पुस्तालाई भाषाको ज्ञान दिन मातृ भाषामा पठनपाठन सुरु गरिएको बताए । 

महादेव मावि, पार्वती आधारभूत, कालिका मावि, जनता मावि, शिव आधारभूत, अमर मावि (चिमखोला), सिद्ध आधारभूत, महेन्द्र मावि, शिशुकल्याण आधारभूत, अमर मावि (पाखापानी), हरि आधारभूत, रायखोर र जनआदर्श आधारभूत विद्यालयमा मगर भाषामा पठनपान सुरु भएको उनले जानकारी दिए ।

नेपाल एकीकरणको समयदेखि तत्कालीन रिडीखोला/कालीगण्डकी नदीबाट पूर्वका १२ र पश्चिमका १८ मगर राज्यहरूको अस्तित्व मेटिएसँगै मगर खाम भाषा र लिपिको इतिहास मेटिँदै गएको जानकारहरू बताउँछन् ।

रघुगङ्गा-१, ४, ५, ६ र ७ वडामा मगर समुदायको बाहुल्य बसोबास छ । वडा नं ८ कुइनेमङ्गले र वडा नं ६ को ठाँडाखानीमा अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास छ ।

गाउँपालिकाका अध्यक्ष भण्डारीले छन्त्याल भाषामा पनि पठनपाठन गराउन पहल भएको बताए । वडा नं २ भगवती र वडा नं ३ पिप्लेमा क्षेत्री, दलित, ब्राह्मण र ठकुरी समुदायको बसोबास छ । रासस
 

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ४ : ५६ बजे

बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले सञ्चालन

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६