‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ « Khabarhub

‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बरहथवा– मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सबैसँग सहकार्य गरी विपद् प्रतिरोधी समाज निर्माण गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताएका छन् । 

आज सर्लाहीको बागमती नगरपालिका-११ कर्मैयास्थित वाग्मती नदीकिनारमा आयोजित अभ्यास हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य र समन्वयमार्फत विपद् प्रतिरोधी समाज निर्माण गर्ने प्रतिबद्धता जनाए ।

प्रदेश सरकार विपद् व्यवस्थापन र उद्धारकार्यमा संलग्न रही सबै सुरक्षा निकायसँग सहकार्य गर्दै विपत्ति प्रतिरोधी समाज निर्माण गर्न तयार रहेको मुख्यमन्त्री यादवको भनाइ छ । उनले मधेसले विगतमा भोगेका प्राकृतिक विपत्ति र त्यसबाट जनधनमा पुगेको क्षतिको विश्लेषण गरी आगामी कार्ययोजना तयार गर्ने दाबी गरे । 

मुख्यमन्त्री यादवले नेपाली सेनाले विगतमा आम नागरिकको जनधनको क्षति न्यूनीकरणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् । सरकारले नीतिगत निर्णय गर्ने गरेको भए पनि त्यसको कार्यान्वयनको तहमा सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका रहेको उनको दाबी छ ।

कार्यक्रममा प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नागरिकको जनधनको सुरक्षाका लागि सरकार चनाखो रहेको बताए । 

उनले यस्ता कार्यलाई व्यापक बनाउन सके सुरक्षा निकायमा दक्षता वृद्धि हुने र प्राकृतिक विपत्तिका क्रममा त्यसको सदुपयोग गरी जनधनको रक्षा गर्न सकिने उल्लेख गरे । 

भौगोलिक रूपमा प्राकृतिक विपत्तिको अधिक जोखिम रहेको मधेस प्रदेशमा हरेक वर्ष ठूलो सङख्यामा नागरिक प्रभावित हुने गरेका उनले बताए । 

प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणको उद्देश्यसहित नेपाली सेनाको मध्यपूर्वी पृतना र मधेस प्रदेश सरकारको संयुक्त आयोजनामा हातेमालो कार्यक्रम आयोजना गरिएको पृतनापति उपरथी भुवन खत्रीले बताए । यस किसिमको कार्यक्रमको यो आठौँ संस्करण रहेको उनले जानकारी दिए । 

कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराई, ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, मधेस प्रदेशभरिका विभिन्न गणका सेना प्रमुखको समेत उपस्थिति थियो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, बागमती नगरपालिका–११ का वडाध्यक्ष प्रदीप आचार्य, चन्द्रपुर नगरपालिका-१ का वडाध्यक्ष बलराम राउत, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रमुखलगायतको सहभागिता थियो । 

अभ्यास हातेमालोअन्तर्गत नेपाली सेनाका सुरक्षाकर्मी टोलीले आगलागी, बाढी, डुबानलगायत प्राकृतिक प्रकोपका क्रममा नागरिकको जनधनको रक्षाका लागि गर्ने उद्धारकार्य प्रदर्शन गरेका थिए । मुख्यमन्त्री यादव तथा अन्य अतिथिहरूले उक्त कार्यको अवलोकन गरे ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ३९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको