स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग « Khabarhub

स्वस्तिक आयाल प्रकरणमा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजस्व न्यायाधिकरण विराटनगर इजलासले स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि जोडिएको एक भन्सार मूल्याङ्कनसम्बन्धी मुद्दामा भन्सार विभाग प्रयोगशाला शाखासँग जवाफ माग गरेको छ ।

पैठारी गरिएको तेलको गुणस्तर परीक्षण प्रतिवेदन र सरकारी मापदण्डबीच भिन्नता देखिएपछि थप स्पष्टता खोजिएको हो ।

स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिले विराटनगर भन्सार कार्यालय (रानी) समेतलाई विपक्षी बनाएर दायर गरेको निर्णय बदर तथा धरौटी फिर्तासम्बन्धी मुद्दाको सुनुवाइ गर्दै न्यायाधिकरणले उक्त आदेश दिएको हो ।

पैठारीकर्ता स्वस्तिक आयल इन्डस्ट्रिजले घोषणा गरेको मालवस्तुको नमूना परीक्षण भन्सार विभाग प्रयोगशाला शाखा, त्रिपुरेश्वर काठमाडौँले गरेको थियो । उक्त प्रयोगशालाले २०८१ साउन २८ गते अदालतमा प्रेषित गरेको प्रतिवेदनमा उक्त वस्तु ‘क्रुड आयल’ (कच्चा तेल हो र यसमा कम भन्सार लाग्छ)को परिभाषाभित्र नपर्ने निष्कर्ष निकालेको थियो ।

खाद्य तथा दाना पदार्थहरूको अनिवार्य गुणस्तर मापदण्ड, २०८० अनुसार ‘रिफाइन्ड भेजिटेबल आयल’को ‘एसिड भ्यालु’ प्रतिग्राम शून्य दशमलव पाँच (०.५)को तेलमा मिलीग्राम पोटासियम हाइड्रोक्साइडभन्दा बढी हुनु हुँदैन ।

तर प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त वस्तुको एसिड भ्यालु एक दशमलव ६८ (१.६८) रहेको उल्लेख छ । एसिड भ्यालुको यो भिन्नताका कारण वस्तुको वर्गीकरणमा अन्योल देखिएपछि राजस्व न्यायाधिकरणका कानुन अध्यक्ष ध्रुवराज नन्द, राजस्व सदस्य केशवकुमार उप्रेती र लेखा सदस्य तोमनाथ उप्रेतीको इजलासले प्रयोगशालालाई बुँदागत जवाफ पठाउन आदेश दिएको हो ।

वस्तुको परीक्षणबाट देखिएको परिणाम अतिरिक्त, के र कुन आधारमा उक्त वस्तु ‘क्रुड आयल’को परिभाषाभित्र नपर्ने भनी राय दिइएको भन्ने अदातलले प्रश्न गरेको छ । सरकारले तोकेको अनिवार्य गुणस्तर मापदण्डले निर्धारण गरेको एसिड भ्यालुको सीमालाई आधार बनाउनु नपर्ने कारणसमेत माग गरेको हो ।

न्यायाधिकरण आदेश प्राप्त भएको मितिले सात दिनभित्र परीक्षण प्रतिवेदनको छायाँकपीसहित स्पष्ट हुनेगरी जवाफ पठाउन भन्सार विभाग प्रयोगशालालाई पत्राचार गर्न निर्देशन दिएको छ ।

उक्त जवाफ आएपछि यसैसँग जोडिएको अर्को मुद्दालाई समेत साथै राखी नियमानुसार पेस गर्न पनि अदालतले आदेश दिएको छ । रासस

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ६ : ०८ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति