दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ? « Khabarhub

दुई भन्सारबाट भित्रिएका ७७५ ईभी पाँच जिल्ला पुगेपछि किन समातिए ?



काठमाडौं- सीमा र भन्सार सुरक्षाको जिम्मा पाएको सशस्त्र बलले बुधबार राति ७ सय ७९ वटा विद्युतिय सवारीसाधन (इभी) भन्सार छलेर चीनबाट नेपालतर्फ भित्र्याइएको सूचनाका आधारमा नियन्त्रणमा लियो ।

जसमध्ये ७७५ वटा गाडी बीवाईडी ब्रान्डका छन् । सशस्त्रले सोही सूचनाअनुरूप ती गाडी नियन्त्रणमा लिन रात्री गस्ती चलायो । फलस्वरुपः रातारात नेपाल भित्राइएका ७७५ वटा बीवाईडी ब्रान्डका कार कास्की, पर्वत र मुस्ताङमा फेला पारेको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता विष्णुप्रसाद भट्टले खबरहबलाई बताए।

‘प्राप्त सूचनापछि थालिएको गस्तीबाट नेपाल–चीन कोरला बोर्डरबाट छिराइएका ७७५ वटा गाडी अहिले कास्की पर्वत र मुस्ताङमा छन्,’ उनले थपे, ‘अन्य ४ वटा भने केरुङ नाकाबाट ल्याएका रहेछन् । त्यसमा २ वटा विद्युतीय माइक्रो बस र २ वटा कार छन् । ती नुवाकोट र धादिङमा नियन्त्रणमा परे । तिनलाई गजुरी गाउँपालिका–६ स्थित आदामघाटमा राखिएको छ ।’

यस्तै, नियन्त्रणपछि आदामघाटमा राखिएका ती चार गाडीको बा्रण्डबारे सूचना नआइसकेको उनले बताए ।

नियन्त्रणमा लिइएका सवारी नम्बर प्लेटबिनै विभिन्न जिल्लातर्फ लैजाँदै गरिएको अवस्थामा भेटिएका थिए ।

हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यहीअनुसार संघीय संसद्को संयुक्त बैठकमा यस पटक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेका थिए ।

त्यही दिन उनले सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक ल्याएका थिए । विधेयकमा भएका भन्सार र अन्तःशुल्कसम्बन्धी व्यवस्था त्यही दिनबाट लागू हुन्छन् ।

त्यहीकारण करको दर परिवर्तनसम्बन्धी सूचना चुहिएको आशंकासहित सरकारले बिहिबार नै अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ ।

यो विवादपछि सरकारले अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायको नेतृत्वमा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको छानबिन समिति बनाएको छ । अब यस समितिले ती सवारीको भन्सार प्रक्रियाको निर्क्यौल गर्ने उनले बताए ।

टोलीले मुस्ताङको कोरला र रसुवागढी नाकाबाट जेठ १४ गते आसपास नेपाल भित्र्याइएका गाडीहरूको विवरण संकलन गरिरहेको छ । यस्तै, छानबिन थप पारदर्शी बनाउन नेपाल–चीन केरुङ, रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहितका कर्मचारीलाई मन्त्रालयमा तानिएको छ ।

सशस्त्र प्रहरीले मुस्ताङको कोरला नाकाबाट ल्याइएका ७७५ थान बीवाईडी गाडीलाई पोखरा, मुस्ताङ र पर्वतका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । प्रारम्भिक विवरणअनुसार तीमध्ये अधिकांश साइमेक्स इंकले आयात गरेका बीवाईडी गाडी पाइएको छ ।

साइमेक्स इंकले बजेटअघि चीनबाट आयात गरिएका विद्युतीय सवारीसाधन (इभी) सम्बन्धी विवादबारे प्रष्टिकरण दिएको छ। उसले आफ्नो आयात प्रक्रिया कानुनअनुसार भएको दाबी गरेको छ । बीवाइडी ब्रान्डको आधिकारिक वितरक भएकाले भन्सार नियम पूर्ण रूपमा पालना गरिएको इंकले भनेको छ ।

‘सम्पूर्ण आयात कार्य प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार सम्पन्न गरिएका हुन्, हामी वैधानिक अनुसन्धानलाई स्वागत गर्छौँ । आवश्यक कागजात उपलब्ध गराउन तयार छौं’, उसले आरोप अस्वीकार्दै भनेको छ ।

कम्पनीले ग्राहको बुकिङअनुसार माग पूरा गर्न आयात गरिएकाले छानबिनमा पूर्ण सहयोग गर्ने जनाएको छ ।

विद्युतीय सवारी आयातलाई लिएर बजेटअघि हुने यस्ता चलखेलबारे विगतमा पनि प्रश्न उठ्दै आएको छ । महालेखा परीक्षकको कार्यालयले विगतका वर्षहरूमा समेत इभी आयात र भन्सार मूल्यांकन प्रक्रियामा कैफियत औंल्याएको थियो ।

यता, छानबिन समितिले बजेटअघि राजश्व दर परिवर्तनसम्बन्धी सूचना व्यवसायीमा चुहिएको हो वा होइन भन्ने विषयलाई मुख्य केन्द्रमा राखेर अध्ययन गरिरहेको छ ।

प्रारम्भिक आशंकाअनुसार कर संरचनामा हुने सम्भावित परिवर्तनको जानकारी पहिले नै प्राप्त भएपछि ठूलो संख्यामा इभी आयात गरिएको हुन सक्ने ठानिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ५ : ५५ बजे

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय

मनसुन थप सक्रिय हुँदै, आगामी हप्ता धेरै ठाउँमा वर्षा हुने

काठमाडौं – कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने