‘राष्ट्रपति रनिङ सिल्डमा बागमतीको वर्चस्व, एथलेटिक्समा ११ स्वर्ण’ « Khabarhub

‘राष्ट्रपति रनिङ सिल्डमा बागमतीको वर्चस्व, एथलेटिक्समा ११ स्वर्ण’


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशले १६ औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ ।  

बागमतीले ७ रजत र ५ कांस्य पनि जित्न सफल भयो ।  एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए । सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ३ रजत र ४ कांस्य, लुम्बिनी प्रदेशले ५ स्वर्ण, ९ रजत र ५ कांस्य, गण्डकी प्रदेशले २ स्वर्ण, २ रजत र ७ कांस्य तथा कर्णाली प्रदेशले १ स्वर्ण, २ रजत र ३ कांस्य जिते । स्वर्णविहीन कोशी प्रदेशले समान २–२ रजत र कांस्य हात पा¥यो । मधेश प्रदेश पदकविहीन बन्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अन्तिम दिन ८ स्पर्धाको फाइनल भएको थियो । छात्र २ सय मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार पहिलो भए । उनले निर्धारित दूरी २२.६४ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरीले निर्धारित दूरी २७.३७ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।

छात्र ३ हजार मिटर दौडमा कर्णालीका अनिल शाही पहिलो बने । उनले ९ मिनेट २०.१ सेकेन्डमा दौड सकाए । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी अन्जुली मल्ल पहिलो भइन् । अन्जुलीले निर्धारित दूरी तय गर्न ११ मिनेट ०३.६ सेकेन्ड समय खर्चिन् ।

छात्र ट्रिपलजम्पमा सुदूरपश्चिमका विक्रमनाथ पहिलो भए । उनले १३.५५ मिटर जम्प गरे । त्यसै स्पर्धाको छात्रामा ११.१० मिटर जम्प गरेकी बागमतीकी अनिशा थारु पहिलो भइन् । ४ गुणा १ सय मिटर रिलेको छात्रमा लुम्बिनी तथा छात्रामा बागमती प्रदेश शीर्ष स्थानमा रहे ।

एथलेटिक्समा २ व्यक्तिगत र १ टिममा गरी जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै कीर्तिमान कायम गरे ।

छात्रा ४ सय मिटर दौडमा बागमतीकी भगवती खड्काले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । भगवतीले कीर्तिमानी एकसहित जम्मा ४ स्वर्ण जितिन् । भगवतीले ४ सय मिटर दौड बाहेक ८ सय मिटर दौड, ४ गुणा १ सय र ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जितेकी हुन् ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ६ : ०३ बजे

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल

युक्रेन युद्ध वार्ताका लागि अमेरिकी दूतहरू मस्कोमा

काठमाडौं – रूस र युक्रेनबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक

भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीको पहिचानका लागि डीएनए नमूना दिन प्राधिकरणको आह्वान

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

‘बाढी पीडितमाथि अनावश्यक टिप्पणी र थप पीडा दिनेप्रति सरकार निर्मम हुन्छ, कारबाही गर्छौँ’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका