दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ « Khabarhub

दिल्लीबाट फर्किएपछि रवि लामिछानेले भने : नेपाल–भारत सम्बन्धलाई ‘रिसेट’ गरेका छौँ


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको पाँच दिने भ्रमण सकेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शुक्रबार अपराह्न काठमाडौं फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफ्नो भ्रमणलाई ‘पारदर्शी र परिणाममुखी’ भएको दाबी गरेका छन्।

लामिछानेले यसपटकको भ्रमण अघिल्ला कूटनीतिक भेटघाटभन्दा फरक रहेको बताएका छन् । उनले भने, ‘पहिले धेरैजसो भ्रमणहरू बन्द कोठामा हुन्थे, तर यसपटक पारदर्शी रूपमा वार्ता भयो।’

भारतीय अधिकारीहरू र मित्र राष्ट्र (अमेरिका) का प्रतिनिधिसँग भएका छलफलहरूमा नेपाली कार्यवाहक राजदूतको पनि उपस्थिति गराइएको उनले बताए । जसले वार्तालाई अझ खुला र स्पष्ट बनाएको उनले दाबी गरेका छन् ।

लामिछानेले नेपाल–भारत सम्बन्धलाई अब नयाँ ढंगले अघि बढाउने प्रयास भएको बताएका छन्। उनले भने, ‘अस्पष्ट, लुकिछिपी र अपारदर्शी सम्बन्धलाई अन्त्य गर्दै हामीले रिसेट गर्ने काम गरेका छौँ।’

नेपालले अब कूटनीतिक विषयलाई सडक, सदन र मिडियाका बहसभन्दा माथि उठाएर संस्थागत ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको रविले बताए ।

उनले नेपाल–भारत सम्बन्धलाई अब राजनीति मात्र होइन, अर्थराजनीतिक दृष्टिकोणबाट अघि बढाइएको बताएका छन्।

भारतसँग कनेक्टिभिटी, धार्मिक पर्यटन, लगानी र विकास सहकार्यबारे छलफल भएको उल्लेख गर्दै उनले भने, ‘भारतसँग नयाँ चरणको संवाद सुरु भएको छ।’

लामिछानेले आफ्नो एक लेख भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित भएको उल्लेख गर्दै त्यसमार्फत नेपालमा रास्वपाले चाहेको सहकार्य र सहभागिताको दृष्टिकोण प्रस्तुत गरिएको बताए।

भारतसँगको छलफलले आगामी दिनमा लगानी र सहकार्यका नयाँ ढोका खोल्ने अपेक्षा गरिएको उनले बताए। लामिछानेले नेपाल–भारत सम्बन्धमा ‘नयाँ सुरुवात’ भएको दाबी पनि दोहोर्‍याएका छन् । लामिछानेले भने, ‘यस भ्रमणले पुराना समस्या समाधान गर्ने थालनी गरेको छ।’

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ६ : ५७ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु