६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी « Khabarhub

६ सय बाँदर मारेको अभिव्यक्तिपछि सांसद धुर्वराज राईविरुद्ध प्रहरीमा जाहेरी


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

भोजपुर – प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दर्ता गरिएको छ ।

ललितपुरस्थित स्नेहाज केयरका तर्फबाट रुपक कोइरालाले बुधबार जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी पेश गर्दै सांसद राईले विगतमा करिब ६ सय बाँदर मारेको सार्वजनिक अभिव्यक्ति दिएको उल्लेख गरेका छन् ।

जाहेरीमा राईले भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ का तत्कालीन गाउँपालिका अध्यक्ष रहँदा करिब ६ सय बाँदर मारेको भन्दै सार्वजनिक रूपमा स्वीकार गरेको दाबी गरिएको छ। उक्त अभिव्यक्ति फेसबुकमा सार्वजनिक एक अन्तर्वार्तामार्फत सार्वजनिक भएको उल्लेख गरिएको छ।

जाहेरीकर्ताले सांसद राईको उक्त कार्य राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६(२) अन्तर्गतको कसुर भएको दाबी गरेका छन्। सो दफाअनुसार अन्य वन्यजन्तु मार्ने वा घाइते बनाउने व्यक्तिलाई एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना, एक वर्षदेखि दश वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको जाहेरीमा उल्लेख छ।

जाहेरीसँगै भिडियो अन्तर्वार्तालाई प्रमाणका रूपमा पेश गरिएको छ भने घटनाबारे जानकारी राख्ने स्थानीय व्यक्तिहरूसँग समेत बुझ्न माग गरिएको छ। प्रहरीले जाहेरी प्राप्त भएपछि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ८ : ३६ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय