सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा « Khabarhub

सात घण्टा केरकारको भोलिपल्टै सचिव कृष्णहरि पुस्कर जगेडामा


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव कृष्णहरि पुस्करलाई मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै जगेडामा राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । सरुवासँगै उनलाई कुनै जिम्मेवारी नदिई जगेडामा राखिएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार पुस्करको स्थानमा हालसम्म नयाँ सचिव पठाइएको छैन । उनका अनुसार सोमबार उपराष्ट्रपति कार्यालयमा नयाँ सचिव खटाइने तयारी छ ।

पुस्करलाई प्रधानमन्त्री बालेन्द्र शाहलाई व्यक्तिगत सन्देश पठाएको विषयमा बिहीबार प्रहरीले नियन्त्रणमा लिएर करिब सात घण्टा केरकार गरेको थियो । केरकारपछि उनी रिहा भएका थिए ।

प्रहरी अनुसन्धानबाट मुक्त भएको भोलिपल्टै सरकारले उनलाई जिम्मेवारीबाट अलग गर्दै जगेडामा राख्ने निर्णय गरेको हो । पुस्कर आगामी असार २४ गते सचिव पदमा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाशमा जाँदैछन्।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ८ : ५० बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो : २२ ढोका खोलिए

सुनसरी – सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु