ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग « Khabarhub

ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना गर्नुपर्ने माग गरेको छ।

संघले आज (शुक्रबार) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ओपीडीको समयबाहेकको समयलाई ओभरटाइम गणना गर्नुपर्ने माग गरेको हो।

साथै ओपीडीको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुपर्ने पनि संघको भनाइ छ।

यस्तै निजी मेडिकल कलेजमा कार्यरत प्रध्यापकलाई सरकारी व्यवस्थाअनुरुप पदअनुसारको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सोअन्तर्गत लेक्चररलाई नवौँ तह सरह र सहप्रध्यापकलाई दशौँ तहसरह नियुक्ति र तलब सुविधा उपलब्ध गराउनुपर्ने संघको माग छ।

त्यस्तै चिकित्सकहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता/जोखिम भत्त उपलब्ध गराउनुपर्ने, इन्टर्न चिकित्सकहरुको भत्ता एवं पीजी अध्ययनरत आवासीय चिकित्सकहरूको काम गर्ने समय, बिदालगायतका विषयहरु वैज्ञानिक र श्रम ऐनअनुसार हुनुपर्ने, चिकित्सकहरुको हकमा छुट्टै ‘चिकित्सक ऐन’ को व्यवस्था गर्नुपर्ने र विशिष्टीकृत सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई ‘अफ आवर’ मा स्वास्थ्य सेवा दिएबापत सेवा कर १५ प्रतिशतमा सीमित गर्नुपर्नेलगायतका माग संघले राखेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ९ : १७ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ