ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग « Khabarhub

ओपीडीबाहेकको समयलाई ‘ओभरटाइम’ गणना गर्न चिकित्सक संघको माग


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सकको अनकल/आपतकालीन ड्युटीलाई ‘ओभरटाइम’ गणना गर्नुपर्ने माग गरेको छ।

संघले आज (शुक्रबार) स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै ओपीडीको समयबाहेकको समयलाई ओभरटाइम गणना गर्नुपर्ने माग गरेको हो।

साथै ओपीडीको समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनुपर्ने पनि संघको भनाइ छ।

यस्तै निजी मेडिकल कलेजमा कार्यरत प्रध्यापकलाई सरकारी व्यवस्थाअनुरुप पदअनुसारको तलब सुविधा उपलब्ध गराउनुपर्ने, सोअन्तर्गत लेक्चररलाई नवौँ तह सरह र सहप्रध्यापकलाई दशौँ तहसरह नियुक्ति र तलब सुविधा उपलब्ध गराउनुपर्ने संघको माग छ।

त्यस्तै चिकित्सकहरुलाई १०० प्रतिशत प्रोत्साहन भत्ता/जोखिम भत्त उपलब्ध गराउनुपर्ने, इन्टर्न चिकित्सकहरुको भत्ता एवं पीजी अध्ययनरत आवासीय चिकित्सकहरूको काम गर्ने समय, बिदालगायतका विषयहरु वैज्ञानिक र श्रम ऐनअनुसार हुनुपर्ने, चिकित्सकहरुको हकमा छुट्टै ‘चिकित्सक ऐन’ को व्यवस्था गर्नुपर्ने र विशिष्टीकृत सेवा प्रदान गरिरहेका चिकित्सकहरुलाई ‘अफ आवर’ मा स्वास्थ्य सेवा दिएबापत सेवा कर १५ प्रतिशतमा सीमित गर्नुपर्नेलगायतका माग संघले राखेको छ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : १७ बजे

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका

इङ्ग्ल्यान्डको बराबरीमा टिभी केबलले भूमिका खेलेको भन्दै नर्वेका प्रशिक्षक रूष्ट

ओस्लो- नर्वेका मुख्य प्रशिक्षक स्टाले सोलबाकेनले इङ्ग्ल्यान्डविरुद्ध भएको विश्वकप क्वार्टरफाइनलमा

कलाकार दीपाश्रीलाई ब्रेन ट्युमर : नेपालमै गरियो शल्यक्रिया

काठमाडौं- कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ। उनका साथीसमेत