त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट « Khabarhub

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि अन्तिम प्रतिस्पर्धाका लागि १० जनाको नाम सर्टलिस्टमा समावेश गरेको हो ।

सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचीमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन् ।

सर्टलिस्टमा १० जना मध्ये भाेला थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ९ : ४४ बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज