एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो « Khabarhub

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो ।

फ्रान्सको जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रान्सले पेनाल्टीमार्फत अग्रता लिएको थियो, जसलाई एम्बाप्पेले सहजै जाली चुमाए ।

यसअघिका सुरुवाती चार खेलमा कम्तीमा तीन गोल गर्दै आएको आक्रामक फ्रान्सेली टोलीलाई आज अनुशासित र रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएको पाराग्वेले निकै कडा टक्कर दिएको थियो । फ्रान्सले जितका लागि निकै संघर्ष गर्नुपर्‍यो ।

खेल अवधिभर ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले विपक्षीको पोस्टमा १५ पटक प्रहार गरेको थियो । खेलमा फ्रान्सले ५ सय ५२ पास खेल्दा पाराग्वेले भने मात्र १ सय ७५ पास पूरा गर्न सक्यो । पाराग्वेले खेलभर जम्मा ५ पटक मात्र प्रहारको प्रयास गरेको थियो ।

अब क्वाटरफाइनलमा फ्रान्सले क्यानडा वा मोरोक्कोमध्ये एक टोलीको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : ०६ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको