एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो « Khabarhub

एम्बाप्पेको गोलमा फ्रान्स विश्वकपको क्वाटरफाइनलमा : पाराग्वे बाहिरियो


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपाधिको बलियो दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । संयुक्त राज्य अमेरिकाको फिलाडेल्फिया रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै फ्रान्सले अन्तिम आठको यात्रा तय गरेको हो ।

फ्रान्सको जितमा स्टार स्ट्राइकर किलियन एम्बाप्पेले गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा फ्रान्सले पेनाल्टीमार्फत अग्रता लिएको थियो, जसलाई एम्बाप्पेले सहजै जाली चुमाए ।

यसअघिका सुरुवाती चार खेलमा कम्तीमा तीन गोल गर्दै आएको आक्रामक फ्रान्सेली टोलीलाई आज अनुशासित र रक्षात्मक रणनीतिका साथ मैदान उत्रिएको पाराग्वेले निकै कडा टक्कर दिएको थियो । फ्रान्सले जितका लागि निकै संघर्ष गर्नुपर्‍यो ।

खेल अवधिभर ७६ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखेको फ्रान्सले विपक्षीको पोस्टमा १५ पटक प्रहार गरेको थियो । खेलमा फ्रान्सले ५ सय ५२ पास खेल्दा पाराग्वेले भने मात्र १ सय ७५ पास पूरा गर्न सक्यो । पाराग्वेले खेलभर जम्मा ५ पटक मात्र प्रहारको प्रयास गरेको थियो ।

अब क्वाटरफाइनलमा फ्रान्सले क्यानडा वा मोरोक्कोमध्ये एक टोलीको सामना गर्नेछ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : ०६ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको