सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा « Khabarhub

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्सको सामना गर्नेछ ।

पहिलो हाफमा क्यानडाले निकै दबाब बनाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । विशेष गरी क्यानडाका फरवार्ड तानी ओलुवासेयीको प्रहारलाई बोनोले विफल पारेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ५० औं मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए ।

क्यानडाले खेललाई बराबरीमा ल्याउन प्रयास गरिरहँदा ८२ औं मिनेटमा मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल थप्यो । ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको इन्जुरी समयको आठौं (९८ औं) मिनेटमा सुफियान राहिमीले अर्को गोल थप्दै मोरक्कोलाई ३–० को सानदार जित दिलाए ।

विश्वकपको नकआउट चरणमा कुनै पनि अफ्रिकी देशले हात पारेको कुल ८ जितमध्ये ४ जित मोरक्को एक्लैको नाममा दर्ता भएको छ । क्यामरुन, सेनेगल, घाना र इजिप्टको नाममा समान १–१ जित छ । यस पराजयसँगै प्रतियोगिताका तीन सह-आयोजक देशमध्ये क्यानडा बाहिरिने पहिलो टोली बनेको छ ।

फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण रोमाञ्चक बन्दै जाँदा अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले आफ्नो अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गरेसँगै यी दुई टोलीबीचको भेट निश्चित भएको हो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : १९ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको