सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा « Khabarhub

सह-आयोजक क्यानडालाई ३-० ले पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सह-आयोजक क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले स्तब्ध पार्दै मोरक्को फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । यो जितसँगै मोरक्को विश्वकपको इतिहासमा एकभन्दा बढी पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । अब सेमिफाइनल प्रवेशका लागि मोरक्कोले फ्रान्सको सामना गर्नेछ ।

पहिलो हाफमा क्यानडाले निकै दबाब बनाए पनि मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै टोलीको संकट टारेका थिए । विशेष गरी क्यानडाका फरवार्ड तानी ओलुवासेयीको प्रहारलाई बोनोले विफल पारेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा मोरक्कोले उत्कृष्ट पुनरागमन गर्‍यो । खेलको ५० औं मिनेटमा अचरफ हाकिमीको फ्रिकिक पासमा अजेदिन उनाहीले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए ।

क्यानडाले खेललाई बराबरीमा ल्याउन प्रयास गरिरहँदा ८२ औं मिनेटमा मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल थप्यो । ब्राहिम डियाजको पासमा उनाहीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलको इन्जुरी समयको आठौं (९८ औं) मिनेटमा सुफियान राहिमीले अर्को गोल थप्दै मोरक्कोलाई ३–० को सानदार जित दिलाए ।

विश्वकपको नकआउट चरणमा कुनै पनि अफ्रिकी देशले हात पारेको कुल ८ जितमध्ये ४ जित मोरक्को एक्लैको नाममा दर्ता भएको छ । क्यामरुन, सेनेगल, घाना र इजिप्टको नाममा समान १–१ जित छ । यस पराजयसँगै प्रतियोगिताका तीन सह-आयोजक देशमध्ये क्यानडा बाहिरिने पहिलो टोली बनेको छ ।

फिफा विश्वकप २०२६ को क्वाटरफाइनल समीकरण रोमाञ्चक बन्दै जाँदा अफ्रिकी पावरहाउस मोरक्कोले अब सेमिफाइनल प्रवेशका लागि उपाधि दाबेदार फ्रान्सको सामना गर्ने भएको छ । फ्रान्सले आफ्नो अन्तिम १६ को खेलमा पाराग्वेलाई १–० ले पराजित गरेसँगै यी दुई टोलीबीचको भेट निश्चित भएको हो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : १९ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको