विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा « Khabarhub

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै शीर्ष स्थानमा उक्लिएका छन् ।

प्रतियोगितामा एमबाप्पेको यो सातौँ गोल हो । योसँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा मेस्सीकै बराबरीमा पुगेका हुन् ।

व्यक्तिगत रूपमा एमबाप्पेको उत्कृष्ट विश्वकप यात्रा जारी रह्‍यो । उनी सात गोलसहित मेसीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।

सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा फ्रान्सका एमबाप्पे र अर्जेन्टिनाका मेसी शीर्ष स्थानमा रहेका छन् । दुवै खेलाडीले समान ७-७ गोल गर्दै शीर्ष स्थानमा पुगेका हुन् ।

एमबाप्पेले ५ खेल खेल्दै ७ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले भने ४ खेलमै ७ गोल गरिसकेका छन् ।

यस्तै, नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका ह्यारी केन समान ५-५ गोलसहित तेस्रो स्थानमा छन् । हालान्डले मात्र ३ खेलमा ५ गोल छन् । केनले भने ४ खेलमा ५ गोल गरेका हुन् ।

सूचीको पाँचौँ स्थानमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार रहेका छन् । उनीहरू सबैले समान ४-४ गोल गरेका छन् । डेम्बेले र भिनिसियसले समान २-२ असिस्ट गर्दा ओयारजाबाल र सारको नाममा १-१ असिस्ट रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : ५७ बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा