विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा « Khabarhub

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा मेसीसँगै एमबाप्पे शीर्ष स्थानमा


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फ्रान्सेली कप्तान किलियन एमबाप्पे चालु विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीसँगै शीर्ष स्थानमा उक्लिएका छन् ।

प्रतियोगितामा एमबाप्पेको यो सातौँ गोल हो । योसँगै उनी सर्वाधिक गोलकर्ताको दौडमा मेस्सीकै बराबरीमा पुगेका हुन् ।

व्यक्तिगत रूपमा एमबाप्पेको उत्कृष्ट विश्वकप यात्रा जारी रह्‍यो । उनी सात गोलसहित मेसीसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा पुगेका छन्।

सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा फ्रान्सका एमबाप्पे र अर्जेन्टिनाका मेसी शीर्ष स्थानमा रहेका छन् । दुवै खेलाडीले समान ७-७ गोल गर्दै शीर्ष स्थानमा पुगेका हुन् ।

एमबाप्पेले ५ खेल खेल्दै ७ गोल र २ असिस्ट गरेका छन् । अर्जेन्टिनी कप्तान मेसीले भने ४ खेलमै ७ गोल गरिसकेका छन् ।

यस्तै, नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका ह्यारी केन समान ५-५ गोलसहित तेस्रो स्थानमा छन् । हालान्डले मात्र ३ खेलमा ५ गोल छन् । केनले भने ४ खेलमा ५ गोल गरेका हुन् ।

सूचीको पाँचौँ स्थानमा फ्रान्सका ओसमान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सार रहेका छन् । उनीहरू सबैले समान ४-४ गोल गरेका छन् । डेम्बेले र भिनिसियसले समान २-२ असिस्ट गर्दा ओयारजाबाल र सारको नाममा १-१ असिस्ट रहेको छ ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ५ : ५७ बजे

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको